युएस राजदूतावासद्वारा समवेदना व्यक्त, सुरक्षाकर्मीलाई संयमता अपनाउन आग्रह

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews
Share this

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागी सप्तरीमा मृत्यु भएकाहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ । अमेरिकी राजदूतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सुरक्षाकर्मीलाई अधिकतम् संयमता अपनाउन जरुरी रहेको आग्रह गरेको छ । ‘आफ्नो विचार राख्न पाउनु सबैको अधिकार हो’ अमेरिका राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै प्रदर्शनकारी तथा पार्टीहरुलाई हिंसाको अभ्यासबिना प्रजातन्त्रको बाटोमा लाग्न आह्वान गर्दछौं ।’ ‘आफ्नो राजनीतिक विचार राख्न पाउनु सबैको अधिकार हो र प्रजातन्त्रको मूल आधार पनि हो तर राजनीतिक विचार तथा भाषणमा कुनै पनि हिंसाले ठाउँ पाउनु हुँदैन’ विज्ञप्तिमा उल्लेख छ ।

Share this

प्रतिकृया

Add