सामुदायिक प्रहरीद्वारा माझी समुदायमा साबुन र मास्क वितरण

 बिहिबार, साउन २९, २०७७ | onlinenews
Share this

रामेछाप–सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले मन्थली नगरपालिका ६ सेलेघाटको माझी समुदायमा मास्क र साबुन वितरण गरेको छ ।
जिल्लाको प्रवेश द्धारामा रहेको सेलेघाटका माझी समुदायलाई बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले १ सय जनालाई मास्क र साबुन वितरण गरेका हुन् ।
‘हुलमुलमा जादा र असावधानि कारण कोरोना संक्रमण हुने भएकाले सावधानि अपनाउन र सुरक्षाका विधि अपनाउनका लागि उनले समुदायका सदस्यलाई आग्रह गरे ।


सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापका अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार टीकाप्रसाद भट्टले कोरोना संक्रमण र यसले समाजमा पु¥याएको असरका बारेमा धारणा राखेका थिए । सो अवसरमा कोभिड–१९ रोग र यसबाट बच्ने उपाय तथा महिला हिंसा अन्त्यका लागि जानकारी मुलुक पर्चा समेत वितरण गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र मार्फत आदिवासी जनजाति समुदाय र जिल्ला प्रवेश हुने नाकामा रहेका नागरिकलाई मास्क र साबुन वितरण गर्न आई एम ई सेन्टर प्रथमा मनि ट्रान्सफरका सञ्चालक तथा रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले सहयोग गरेका थिए । केन्द्रले भिरपानीको सित्खा र राकाथुमको लुभुघाटमा समेत मास्क र साबुन वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

Share this

प्रतिकृया

Add