रामेछापको ६ जनामा कोरोना संक्रमण पुष्टि

 बिहिबार, भदौ ११, २०७७ | onlinenews
Share this

११ भदौ, रामेछाप–बिहीबार रामेछाप जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापबाट स्वाब परिक्षणको लागि पठाइएका ४ जना र काठमाडौं बस्दै आएका २ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा ३ जना क्वारेन्टाइमा बसेका ब्यक्ति छन् भने १ जना स्वास्थ्यकर्मी र दुई जना रामेछाप घर भई काठमाडौं बस्दै आएका ब्यक्ति हुन् । संक्रमण पुष्टि भएका सबैजना रामेछाप नगरपालिकाको भएका पनि स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add