प्रदेश सरकारले गरेको राम्रो काम मध्य मन्थली फलपूmल तथा तरकारी चिस्यान केन्द्र बनिनसक्दै भत्कियो

 आइतवार, भदौ १४, २०७७ | onlinenews
Share this

१४ भदौ, रामेछाप– मन्थली नगरपालिका–१ सानीमदौमा फलपूmल तथा तरकारी चिस्यान केन्द्र निर्माणाधिन अवस्थामा छ । बागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड गरि ७ करोडको लगानीमा चिस्यान केन्द्र निर्माण हुन लागेको हो । यो चिस्यान केन्द्र वागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले सधैभरी नाम लिइरहने आयोजना हो । चिस्यान केन्द्र निर्माण आयोजना सञ्चालन भएयता रामेछाप जिल्लामा आयोजना गरिएका जतिवटा कार्यक्रममा मन्त्री ढुङ्गेल सहभागि भए प्रत्येक भाषणमा उनले मन्थली चिस्यान केन्द्रको नाम लिंदै आएका छन् ।

वागमती प्रदेशको अर्थमन्त्री हुनुको नाताले प्रदेश सरकारको तर्फबाट रामेछाप जिल्लामा जति विकास निर्माणका काम भएका छन्, त्यस मध्यका राम्रा कामहरु मध्य एक मन्थली चिस्यान केन्द्रलाई लिने गरेका छन् उनले । मन्थली चिस्यान केन्द्रको नाम लिएनन् भने लाग्छ मन्त्री ढुङ्गेलको भाषण नै अधुरो हुन्छ । मन्त्री ढुङ्गेलले भाषण गर्दा प्रायः भन्छन् रामेछाप जिल्लाको लागि ढोकोमा पैसा पठाइदिएको छु । आवश्यक प¥यो भने डोकाको डोका पैसा पठाउन तयार छु, रामेछापमा पैसाको अभाव हुदैन ।

मन्त्री ढुङ्गेलले रामेछाप जिल्लामा डोकाकोडाका पैसा पठाइरहँदा रामेछाप जिल्लाको कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले भनिरहेका छन् हाम्रो पालिकामा त प्रदेश सरकारले सुको पैसा हालेन । सायद मन्त्री ढुङ्गेलले डोकोमा पैसा पठाएको हुँनाले डोकोको प्वालबाट पैसा चुहिएर ती ठाउँहरुमा नपुगेको हुनसक्छ । मन्त्री ढुङ्गेलले प्रदेश सरकारको तर्फबाट रामेछापमा सञ्चालन गरिएका योजनाका लागि डोकोमा दिएको पैसा कोही मोटोमा त कोही बालुवामा पानी हालेजस्तो भएका थुप्रै आयोजनाहरु छन् । राम्रो भएको भनेर मन्त्री ढुङ्गेलले सधैभरी चर्चा गरिरहने आयोजनाको अवस्था यस्तो छ भने मन्त्री ढुङ्गेलको नजरले ठीकै देखेका आयोजनाहरुको अवस्था कस्तो होला सहज अनुमान लगाउन सकिन्छ ।


मन्त्री ढुङ्गेलले राम्रो भनेर उहारण दिइरहने आयोजनाहरु मध्य एक हो मन्थली फलपूmल तथा तरकारी चिस्यान केन्द्र । मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधिन तरकारी तथा फलपूmल चिस्यान केन्द्र निर्माणकै क्रममा भत्किएको छ । निर्माणाधिन चिस्यान केन्द्रको सतह भासिएको छ । गाह्रो भासिनुका साथै ढलान समेत फुटेर चिराचिरा परेको छ । चिस्यान केन्द्र निर्माणको लागि जमिन खार्ने क्रममा थुपारिएको बाटोमाथि नै भवनको जग राखिएको र कम्जोर निर्माण सामग्री प्रयोग गरिएको कारण भवनको ढलान फुट्ने र भासिने भएको स्थानीय दामोदर सुवेदीले बताए । निर्माण ब्यवसायिको चरम लापर्वाहीको कारण निर्माण भइनसक्दै भवनको जग भासिएको अर्का स्थानीय युवराज सुवेदीको भनाई छ । अहिले भत्किएको ढलान पूरै निकालेर स्टिमेट अनुसार सुरुदेखिनै काम गर्नुपर्ने सुवेदीले बताए । अन्यथा यही गुणस्तरहिन कामलाई निरन्तरता दिने हो भने हामी काम अगाडि बढ्न दिंदैनौं सुवेदीले भने ।


विकास निर्माणसँग सम्बन्धित कुनै पनि निर्माण आयोजना÷परियोजनाहरुको लागत बजेट, निर्माण अवधि, निर्माण हुने संरचनाको विवरण खुलाएर निर्माण क्षेत्रमा सूचना पाटी राख्नु पर्ने नियम छ । तर, ७ करोडको लागतमा निर्माण भइरहेको आयोजनाको सूचना पार्टी समेत राखिएको छैन । भवनको टाइविम समेत माटोमाथि नै राखिएको र ढलान पनि गुणस्तरहिन रहेको स्थानीय पूर्णबहादुर सुवेदीले बताए ।
इजी इन्फा प्रालिले चिस्यान केन्द्रको भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण कार्य गणुस्तरहिन भएकाले अहिले निर्माण भएको संरचना पूर्णरुपमा भत्काएर स्टिमेट अनुसारको संरचना निर्माण नभएमा काम अगाडी बढ्न नदिने स्थानीयको भनाई छ ।


चिस्यान केन्द्र निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायि उत्तम पौडेलले भवनको गाह्रो भासिनु र ढलान भत्किनुमा प्राविधिक समस्या भएको स्वीकार गरेका छन् । यद्यपि त्यो समस्या सामान्य भएको उनको भनाई छ । भत्किएको र भासिएको ठाउँमा सुधार गरिदिने पनि पौडेलले बताए ।

Share this

प्रतिकृया

Add