रामेछापमा ५ सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

 शुक्रबार, भदौ १९, २०७७ | onlinenews
Share this

१९ भदौ, रामेछाप–जिल्लामा ५ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ५ प्रहरी कर्मचारी र तामाकोसी अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
योसँगै रामेछाप जिल्लाका कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ । संक्रमित ७९ जनामध्य ३६ जना जिल्ला बाहिर रहेको र ४३ जना जिल्लामै रहेका ब्यक्तिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएका सुरक्षाकर्मीलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको र कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका सुरक्षार्मीहरुलाई क्वारेन्टीमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी निषेधाज्ञालाई भदौ २५ गतेसम्म लम्ब्याइएको छ ।

Share this

प्रतिकृया

Add