गाउँपालका अध्यक्ष खड्कालाई १५ दिन हिरासतकै आइसोलेसनमा राखिने

 मङ्लबार, भदौ २३, २०७७ | onlinenews
Share this

२३ भदौ, रामेछाप– गत साउन ३० गतेदेखि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई १५ दिन हिरासतकै आइसोलेसनमा राख्न अदालतले आदेश दिएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष खड्कालाई कोरोना भाइसर संक्रमण पुष्टि भएपछि जिल्ला अदालत रामेछापले हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको हो । मंगलबार अदालतमा थुनछेकको बहस चलिरहेको बेला अध्यक्ष खड्कामा कोरोना संक्रमण पुष्टि भएसँगै थप १५ दिन हिरासतको आइसोलेशनमा राख्न आदेश दिएको हो ।
पालिका अध्यक्ष खड्का विरुद्ध जिल्ला अदालत रामेछापमा शरीर बन्धक, जबर्जस्ती करणी र ठगी गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।

Share this

प्रतिकृया

Add