रामेछापमा ४० हजार निजी आवास पुनर्निर्माणमा १३ अर्ब भन्दा बढी खर्च

 आइतवार, अशोज ४, २०७७ | onlinenews
Share this

नवराज विक


४ असोज, रामेछाप– जिल्लामा भूकम्पको पुनर्निर्माण अन्तर्गत ४० हजार निजी आवस पुनर्निर्माण सम्पन्न हुँदा १३ अर्ब भन्दा बढी रकम खर्च भएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले ५ वर्षको अवधिमा रामेछापमा ४० हजार निजी आवास पुनर्निर्माण सम्पन्न हुँदा १३ अर्ब ७१ करोड ८७ लाख ५० हजार रुपैयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रामेछापले जानकारी दिएको छ ।
४० हजार लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइको भनाई छ । आयोजना कार्यान्वयन इकाइका अनुसार निजी आवास पुनर्निर्माण लाभग्राहीको सूचीमा ५० हजार १ सय १६ रहेकामा ४८ हजार २ सय ८४ लाभाग्राहीहरुले मात्रै अनुदान सम्झौता गरेका थिए ।
अनुदान सम्झौता गरेका मध्य ४० हजार लाभग्राहीले सरकारले उपब्ध गराउन ३ लाख रुपैयाँ प्राप्त गरिसकेको तर निर्माण सम्पन्न प्रमाण–पत्र लिन भने बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रामेछापका प्रमुख गणेश अर्यालले जानकारी दिए ।
अनुदान सम्झौता गरेका मध्ये ४८ हजार १ सय ८८ लाभग्राहीले पहिलो किस्ता वापतको अनुदान लिइसकेका छन् । यस्तै, दोस्रो किस्ता वापतको रकम ४५ हजार ७ सय २३ र तेस्रो किस्ता वापतको रकम ४१ हजार ९ सय ६४ लाभग्राहीले लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापले जनाएको छ ।
निजी आवस पुनर्निर्माणका लागि लाभग्राहीमा परेका मध्य १ हजार ८ सय ३२ जनाले सम्झौता नै नगरेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तर्फबाट एक पटक पत्राचार गरेर सम्झौता गर्न आग्रह गर्ने समयसीमाभित्र आएर सम्झौता गरे अनुदान प्रक्रिया अघि बढाइने र समयमा सम्झौता गर्न नआएमा लाभग्राही सूचीबाटै उनीहरुको नाम हटाउने प्रक्रियामा जाने जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख अर्यालले बताए ।

११ लाख अनुदान फिर्ता

पुनर्निर्माण प्राधिकरणले तोकेको समयभित्र घर पुनर्निर्माण नगर्ने २२ जनाले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ राज्यलाई फिर्ता गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नीति अनुसार पहिलो किस्ता लिएका लाभग्राहीहरुले निर्धारित समयभित्र घर निर्माण कार्य सम्पन्न गरेर दोस्रो र तेस्रो किस्ता लिनु पर्दछ ।
समयमा घर नबनाउने लाभग्राहीले स्वेच्छिक रुपमै पहिलो किस्ता बापतको रकम रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रामेछापका प्रमुख गणेश अर्यालले बताए ।

रामेछापका ४ हजार भूकम्प प्रभावितद्धारा पुनरावेदन

पुनर्निर्माण लाभग्राहीमा नपरेका ४ हजार भूकम्प प्रभावितहरुले आपूmहरु भूकम्प प्रभावित भएको प्रमाण सहित पुनरावेदन दिएका छन् । घर निर्माणका लागि अनुदान उपलब्ध गराई पाउँ भनि पटक–पटक गुनासो फारम भर्दा पनि लाभग्राही कामय सूचीमा नपरेको भूकम्प प्रभावितहरुले पुनरावेदन दिएका हुन् ।
प्राधिकरणका कार्यकारी समितिले गैरलाभग्राही कायम गरी पठाएका भूकम्प प्रभावितहरुलाई गत भदौँ मसान्तसम्म आफू लाभग्राही सूचीमा पर्न आवश्यक प्रमाणसहित पुनरावेदन गर्ने समयसीमा तोकेको थियो ।

Share this

प्रतिकृया

Add