चु.चीद्धारा बृद्ध, एकल महिला र विपन्नलाई खाद्यन्न सहयोग

 शनिबार, अशोज १०, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


१० असोज, रामेछाप– ताइवानी संस्था चु.चीले रामेछापको खाँडादेवि गाउँपालिका–५ पकरबासका २१ घर परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरेको छ । सो संस्थाले एकल महिला, बृद्धबृद्धा, अशक्त र विपन्न परिवारलाई राहत प्रदान गरेको हो ।
संस्थाले चामल, दाल, चिउरा, खाने तेल, नुन, लुगाधुने साबुन लगायतका सामग्री प्रदान गरेको हो । रामेछापको सदरमुकाम मन्थीमा रहेको तामाकोसी अस्पतालमा डायलासिस सेवा सञ्चालनमा सहयोग गर्दै आएको सो संस्थाले पकरबास पुगेर राहात प्रदान गरेको हो ।


सो संस्थाले रामेछापको खाँडादेवि गाउँपालिका, मन्थली र रामेछाप नगरपालिकाको विभिन्न वडाहरुमा बृद्धबृद्धा, अपाङ्गता, अशक्त, एकल महिला र विपन्न परिवारका मानिसलाई राहत प्रदान गर्दै आएको चु.ची संस्था राहात वितरण समिति रामेछापका संयोजक तथा तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्यले जानकारी दिए ।
डाक्टर कर्माचार्यका अनुसार सो संस्थाले हालसम्म १ सय ६३ घरपरिवारलाई राहत प्रदान गरिसकेको छ । संस्थाले स्वास्थ्य शिक्षाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।

Share this

प्रतिकृया

Add