विश्व रेविज दिवसमा साताब्यापी निःशूल्क खोप शिविर

 शनिबार, अशोज १७, २०७७ | onlinenews
Share this

रामेछाप–विश्व रेविज खोप दिवसको सन्दर्भमा साताब्यापी निःशूल्क खोप शिविर सञ्चालन गरिएको छ । विश्व रेविज दिवसको सन्दर्भ पारेर मन्थली नगरपालिको पशु सेवा स्वास्थ्य शाखासँगको सहकार्यमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्यसमिति रामेछापले साताब्यापी निःशूक रेविज विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । सन २०३० सम्ममा रेविज उन्मूल गर्ने सरकारको उद्देश्य अनुसार साताब्यापी निःशूल्क खोप शिविर सञ्चालन गरिएको मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखाकोको भनाई छ ।
विश्व रेविज दिवस (सेप्टेम्बर २८) असोज १२ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिने निःशूल्क खोप अभियानमा घरपालुवा कुकुर र विरालोलाई निःशूल्क रेविज विरुद्धको खोप लगाइने मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखा मन्थलीका पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले बताए ।


शिविर मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखामा सञ्चालन गरिएको पनि खड्काले जानकारी दिए । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृति वार्षिक कार्यक्रम अनुसार भैसीहरुमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता अनुदान सहयोग कार्यक्रम र गाई भैसीहरुको विमा गर्दा किसानले तिर्नुपर्ने २५ प्रतिशत विमा रकमको अनुदान सहयोग कार्यक्रम ल्याएको पनि खड्काले जानकारी दिए ।
रामेछाप जिल्लामा प्रजनन् योग्य भैसीहरु मासु र ममको लागि बक्री गर्ने क्रम बढेकाले किसानहरुलाई प्रजनन् योग्य भैसी बिक्री नगर्न र भैसी पालनमा कृषकहरुलाई प्रोत्साहित गर्ने साथै भैसी सुत्केरी भएको अवस्थामा मिटामिन खुवाउने तथा राम्रोसँग दानापानी गरेर दूध बढाई कृषकको आर्थिक आम्दानी बढाउने उद्देश्यले सुत्केसी प्रोत्साहन भत्ता कर्यक्रम ल्याइएको पनि खड्काले बताए ।
त्यसैगरी किसानको पशुधनको सुरक्षा र आर्थिक क्षेति नहोस् भन्ने उद्देश्यले पशु विमा कार्यक्रम ल्याएको खड्काले बताए । पशु विमा गर्दा (किसान) धनीको पनि २ लाख बराबरको बिमा १ सय रुपैयाँमै हुने बताए । १ सय रुपैयाँ तिरेर बिमा गरेपछि बस्तु हेर्दा वा बस्तु चराउन जाँदा धनीको मृत्यु भएमा २ लाख रुपैयाँमा पाउने उनले बताए ।
भैसीको सुत्केरी भत्ताको लागि भने भैसीको बिमा गरिएको हुनुपर्ने मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखाले जनाएको छ । प्रोत्साहन भत्ताको लागि वडा कार्यालयको सिफारिस, भैसीको माउ, पाडाको फोटो, तोकिएको ढाँचामा निवेदन र विमा गरेको कागजको फोटोकमी आवश्यक पर्ने पशु सेवा स्वास्थ्य शाखाले जनाएको छ ।

Share this

प्रतिकृया

Add