स्थानापति महादेव मन्दीरमा सीसी क्यामेर जडान

 शनिबार, कार्तिक १५, २०७७ | onlinenews
Share this

१५ कार्तिक, रामेछाप– रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको थानापति महादेवको नामले चिनिने ‘स्थानापति महादेव’ मन्दीरमा सीसी क्यामेरा जडान गरिएको छ ।
महावेद मन्दीरमा भक्तजनहरुको चाप बढेपछि भक्तजनले मन्दीरमा चढाएको भेटीलाई पारदर्शी बनाउने र मन्दीरलाई ब्यवस्थित गर्ने उद्देश्यले मन्दीर परिसरमा सीसी क्यामेरा जडान गरिएको थानापति विकास समितिका अध्यक्ष राजकुमार बोहराले जानकारी दिए ।
मन्दीरमा जडान गरिएको ६५ हजार रुपैयाँ बराबरको ३ वटा क्यामेरा ब्रह्मचारी गुरु रामराज गिरीले थानापति विकास समितिलाई सहयोग गरेको अध्यक्ष बोहराले बताए ।
नेपालको तेश्रो पशुपतिनाथको रुपमा परिचीत स्थानापति बहिरा महादेव थानमा पछिल्लो समय भक्तजन तथा दर्शानार्थीहरुको निकै भिड लाग्ने गरेको छ । स्थानापति बहिरा महादेव थानमा गएर भक्तजनले कराएर बर मागेमा चिताएको कुरा पूरा हुने र पूरा भएको समेत स्थानीयहरुले बताउँदै आएका छन् ।

Share this

प्रतिकृया

Add