नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
हेटौंडा-कार्तिक महिनामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुबाट प्रहरी कर्मचारीसँग सम्बन्धित ५ वटा गुनासो तथा सुझाव परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बागमती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि राखिएको गुनासो तथा सुझाव संकलन पेटीमा मार्फत कार्तिक महिनामा प्राप्त भएका गुनासो तथा सुझाव संकलन गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयार गरेको ‘गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी योजना २०७७’ मा उल्लेखित व्यवस्था अनुसार आम नागरिकबाट प्राप्त भएका सल्लाह, सुझावका साथै गुनासोलाई संकलन गरि प्रदेश प्रहरी कार्यालयमा ल्याइएको हो । चितवनको विभिन्न स्थानीय तहबाट २ वटा र मकवानपुर, दोलखा, सिन्धुलीबाट १्÷ १ वटा गरी कार्तिक महिनामा ५ वटा गुनासो तथा सुझाव प्राप्त भएको बागमती प्रहरी प्रहरी कार्यालयका प्रवक्त प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिएका छन् ।
‘गुनासो तथा सुझाव पेटीका सञ्चालन सम्बन्धी योजना २०७७’ अनुसार प्रत्येक महिनाको १ गते उजुरी पेटीका खोली प्राप्त भएका गुनासो तथा सल्लाह सुझाव प्रदेश प्रहरी कार्यालयमा पु¥याउने गरिन्छ । असोज महिनामा मकवानपुर र धादिङमा गरि ६ वटा गुनासो प्राप्त भएकोमा प्राप्त गुनासोको कार्यान्वयन समेत गरिसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले पहिलो चरणमा प्रदेश अनतर्गतका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका गरि ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको थियो ।
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असोज १ गते स्थानीय तहसँगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको थियो ।
दोस्रो चरणमा ६७ वटा गाउँपालिका र तेस्रो चरणमा प्रदेश भरिका ८ सय ७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।