सिडिओले जात प्रमाणित नगरिदिंदा दलित कोटामा आवेदन दिन पाइनः सेन्चुरी

 आइतवार, मंसिर १४, २०७७ | onlinenews
Share this

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले जात प्रमाणित नगरिदिंदा जागिरको लागि दलित कोटामा आवेदन दिन नपाएको विश्वकर्मा जातिमा पर्ने सुन्चेरी थरकी मीनकुमारी सेन्चुरीले गुनासो गरेकी छन् ।
नेपाल प्रहरीमा भर्तिको लागि हालै खुलेको आवेदन दलित कोटाबाट भर्नको लागि जिल्ला प्रशासन कार्यालयमा जात प्रमाणित गर्न जाँदा जिल्ला प्रशासन कार्यालयले जाति प्रमाणित नगरिदिएपछि आपूmले प्रहरीको लागि आवेदन दिन नपाएको सेन्चुरीले बताइन् ।
मन्थली नगरपालिका–९ पुरानागाउँकी मीनकुमारी सेन्चुरीले वडा कार्यालयको सिफारिस, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा रामेछापको सिफारिस सहित आवश्यक कागजात लिएर जाँदा पनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले सेन्चुरी थर विश्वकर्मा जातिमा नपर्ने र ब्राह्मण जातिमा पर्ने भन्दै दुई पटकसम्म फर्काई दिएको उनले गुनासो गरिन ।
नागरिकतामा दमाई, कामी र सार्की थर उल्लेख भएकालाई मात्रै दलित प्रमाणित गर्न मिल्छ, त्यो भन्दा बाहेकका थर भएकालाई दलित प्रमाणित गर्न मिल्दैन, दमाई, कामी र सार्की थर उल्लेख नभएकाहरुले दलितले पाउने सेवा सुविधा पनि पाउँदैन भनेर फर्काई दिएको सेन्चुरीले दुखेसो गरिन ।
नेपाल प्रहरीमा दलित कोटाबाट आवेदन दिनको लागि जात प्रमाणित गर्न गएको थिएँ, प्रशासनले जात प्रमाणित नगरिदिंदा मैले दलित कोटामा आवेदन दिन पाइन, दलित कोटामा आवेदन दिन पाएको भए नाम निस्कले आस थियो सेन्चुरीले भनिन् ।
कामी (विश्वकर्मा) हाम्रो जात हो सेन्चुरी हाम्रो थर हो उनले भनिन् । राष्ट्रिय दलित आयोगले सूचीकृत गरेको विश्वकर्मा जातिमा पर्ने थरहरुमा पर्छ सेन्चुरी, अन्य जातिमा सेन्चुरी भन्ने थर उल्लेख छैन उनले भनिन् । प्रमुख जिल्ला अधिकारीले दलित जाति भनेर हेप्नुका साथै आपूmमाथि ठूलो अन्यया गरेको भनी सेन्चुरीले दुःखेसो पोखिन ।
सिडिओ साहेबले मन्त्रालयबाट सिफारिस लिएर आउनु, दिन मिल्ने रहेछ भने त्यसपछि दिउदा भन्नुभयो, जात प्रमाणित गर्नको लागि सिफासिर लिन म कहाँ–कहाँ जानु, के सोझासिधा गरिबले सेवा नै नपाउने हो त ? सेन्चुरीले प्रश्न गरिन । राज्यले दिएको सेवा लिन पनि पहुँच र पावर चाहिने हो ? उनले पुनः प्रश्न गरिन । दलित जाति भएको कारण प्रशासनबाट हेपिदा म एकदमै दुःखि भएको छु उनले भनिन् ।
मीनकुमारी सेन्चुरीको बुबा इन्द्रे सेन्चुरीले जिल्ला प्रशासन कार्यालयले आफ्नो छोरीको जात दलित प्रमाणित नगरिदिंदा आपूmले हेपिएको महशुस गरेको बताए । म कामी हुँ, मेरा गाउँका सबै मानिसलाई थहाँ छ, आरन चलाउछु, अनि मेरो छोरी बाहुनी कसरी हुन्छ, सिडिओ साहेबले बुझ्नै चाहनु भएन, यो हामी दलितमाथि राज्यबाटै भएको घोर अपमान हो उनले भने ।

Share this

प्रतिकृया

Add