वार्षिक योजना पारित गर्दै सामुदायिक विकास समाजको १९ औं साधारण सभा सम्पन्न

 शनिबार, मंसिर २०, २०७७ | onlinenews
Share this

तिलक कार्की


रामेछाप– सामुदायिक विकास समाज (सिडिएस) को १९ औं साधारण सभा मन्थलीमा सम्पन्न भएको छ । सभामा परियोजनागत र संस्थागत प्रगति प्रतिवेदन र वित्तिय प्रतिवेदन प्रस्तुत भई वार्षिक योजना समेत सर्वसम्मत रुपमा पारित गरिएको छ ।
२४ जना साधारण सदस्य र ३ जना आजीवन सदस्य रहेको सामुदायिक विकास समाजको वित्तिय प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कैलास तामाङले आम्दानी ३ करोड ३९ लाख ५२ हजार ८ सय १३ रहेको जानकारी दिएका थिए ।
संस्थाको स्थिर सम्पति ८४ लाख ६ हजार १ सय ३९ रहेको छ । संस्थामा भए गरेका गतिविधिहरु प्रस्तुत गर्दै कार्यकारी निर्देशक मिलनकुमार घिसिङले ७ वटा परियोजना मार्फत जीविकोपार्जन, स्वास्थ्य सरसफाइ, विपद् जोखिम न्यूनिकरण, वातावरण संरक्षण, सामाजिक समावेशिकरण, संस्थागत दीगो विकास र सूचना तथा पारदर्शिता जस्ता क्षेत्रमा गरेका प्रगति बारेमा जानकारी दिएका थिए ।


फलफूल खेती कृषक समूहका लागि विभिन्न जातिका ३ हजार विरुवा वितरण गर्नुका साथै १ सय ११ घर परिवारका यूवाहरुलाई किवी खेतिका लागि सहयोग गरिएको थियो । ३ वटा माछापालन पोखरी निर्माण भइ माछापालन प्रारम्भ गरिएको जानकारी गराउदै ५ वटा सिँचाइ आयोजना मार्फत ९ सय ८५ रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको जानकारी गराएका थिए । ४ वटा खानेपानी योजना सम्पन्न गरी ६ सय १६ घरधुरी लाभान्वित भएका छन् । यसै आर्थिक वर्षमा १ सय ३१ जना मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्याक्रिया गरी कोभिड–१९ सम्वन्धी स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको जानकारी गराइएको थियो । कोभिड–१९ सम्वन्धी सचेतना संचालन गर्दै क्वारेनटाइनका लागि खाद्यन्न सहयोग गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।


प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी निर्देशक घिसिङ संस्थाले परियोजना मार्फत १८ हजार ८ सय ९३ वृक्षरोपण गरिएको जानकारी गराउदै १५ वटा पुरानो पोखरीको संरक्षण तथा नयाँ निर्माण गरिएको जानकारी दिएका थिए । ३ वटा नर्सरी व्यवस्थापन गरी निःशुल्क विरुवा वितरण गरिएको समेत जानकारी दिएका थिए । आगामी वर्ष २० औं वर्ष गाँठ मनाउने सन्दर्भमा वृत्तचित्र तयारी गर्ने र स्मारिका प्रकाशन गर्ने कार्ययोजना रहेको जानकारी दिएका थिए ।
संस्थाकी कार्यसमिति सदस्य सीता श्रेष्ठले स्वागत गरेको सभाको अध्यक्ष कार्यवाहक अध्यक्ष दिपक घिसिङको अध्यक्षतामा र सचिव सुब्बा रोकाको संचालकत्वमा सम्पन्न भएको थियो ।

Share this

प्रतिकृया

Add