छात्राबृत्ति र पुस्तकालयको पैसा हेडसरको खल्तीमा

 मङ्लबार, पुस २१, २०७७ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–९ पुरानागाउँको स्थानापति माध्यमिक विद्यालयले छात्रा र दलित विद्यार्थीको लागि आएको छात्राबृत्ति र माध्यमिक पुस्तकालयको लागि आएको पैसा हिनामिना गरेको खुलासा भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, लेखापाल र प्रधानाध्यापकको मिलेमतोमा छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्राबृत्ति, माध्यमिक पुस्तकालय र विज्ञान प्रयोगशालाको लागि आएको रकम हिनामिना गरेको खुलासा भएको हो ।
आपूmले २०७२ सालदेखि छात्राबृत्ति नपाएको दलित छात्रा रमिला शिवशंकरले बताइन । दलितको नाममा आएको छात्राबृत्ति कस्ले खाइरहेको छ, हामीले पाएका छैनौं उनले भनिन् । हामीले पाउने छात्राबृत्ति पाएको भए त्यो पैसाले स्कूल पोशाक किन्ने थियौं र अहिले स्कूल पोशाक किन्न खर्च भएको पैसाले पुस्तक र कपी, कलम किन्ने थियौं उनले भनिन् । अहिले हामीलाई कपी कलम किन्न गाह्रो भइरहेको छ उनले थपिक ।
आपूmहरुको नाममा छात्राबृत्तिको पैसा आउँछ भन्ने थाहाँ भएर पनि आपूmले खोजी गर्न नसकेको अर्का विद्यार्थी विशाल बिकले बताए । उनले भने हाम्रो नाममा छात्राबृत्ति आउँछ भन्ने कुरा हामीलाई थाहा छ तर हेडसरको अगाडि हामी बोल्न सक्दैन अरुले चासो नै दिएनन् उनले भने । उनले थपे– हामीले छात्राबृत्तिको पैसा खोजी ग¥यो भने हेडसरले थर्काइहाल्नु हुन्छ ।
छात्रा र दलित विद्यार्थीले पाउनुपर्ने छात्राबृत्तिको बारेमा खोजी गर्दा छात्राबृत्तिको पैसा विद्यालयको जग्गा खरिदमा खर्च भएको प्रधानाध्यापक रामबाबु गिरीले बताएको अभिभावक हर्कबहादुर सुनेलले बताए । छात्राबृत्तिको पैसा जग्गा खरिदमा खर्च भएको भन्ने प्रधानाध्यापकको भनाइमा अभिभावक र विद्यार्थीले विरोध गरेपछि केहीदिनमा वितरण गर्छौ भनि जवाफ दिएको अर्का अभिभावक खडेन्द्रबहादुर कामीले बताए ।


छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्राबृत्ति मात्रै होइन, माध्यमिक पुस्तकालय स्थापनाको लागि मन्थली नगरपालिका मार्फत गएको ६ लाख ५० हजार र कक्षा कोठा ब्यवस्थापनको लागि आएको १ लाख रुपैयाँ समेत विद्यालय प्रशासनको मिलेमतोमा अपचलन गरिएको खुलासा भएको छ । त्यतिमात्र हैन विद्यालयमा विज्ञान प्रयोगशालाका सामग्री खरिदका लागि आएको २ लाख रुपैयाँ समेत प्रधानाध्यापक गिरीले अपचलन गरेको अभिभावको आरोप छ ।
दुई वर्ष पहिले विज्ञान प्रयोगशालाको सामग्री खरिद गर्न प्रधानाध्यापक गिरीकै नेतृत्वमा खरिद समिति बनेको थियो तर अहिलेसम्म सामग्री खरिद नभएको तर रकम भने भुक्तानी भइसकेको पाइएको अभिभावको भनाई छ ।
पुस्तकालय ब्यवस्थापनको लागि आएको ६ लाख ५० हजार रुपैयाँ गएको असारको ३१ गते प्रधानाध्यापक रामबाबु गिरीले चेकमार्फत भुक्तानी लिएको प्रधानाध्याकले नै बताएको स्थानीय मानप्रसाद श्रेष्ठले बताए । उनले भने पुस्तकालय स्थापनाको लागि आएको ६ लाख ५० हजार रुपैयाँ विद्यालयको खातामा पनि छैन र विद्यालयमा अहिलेसम्म पुस्तकालयको कुनै पनि सामग्री आएको छैन ।
पुस्ताकालय स्थापनाको लागि आएको पैसा विद्यालयको खातामा पनि छैन र पुस्तकालयको सामग्री पनि आएको छैन, पैसा कहाँ छ भनि सोध्दा प्रधानाध्यपक गिरीले आपूmहरुसँग सुरक्षित रहेको र आवश्यक परेमा आपूmले १० मिटेन पैसा ब्यवस्थापन गर्ने बताएको श्रेष्ठको भनाई छ । उनले भने यो पैसा खाने नियतले निकालेको हो, ६ लाख ५० हजारको ७ महिनाको ब्याज सहितको दाखिला गर्नुपर्छ अन्यथा हामीलाई मान्य हुने छैन ।
विद्यालयले पनि आपूmहरुले कम्जोरी गरेको स्वीकार गरेको छ । प्रधानाध्यापक रामबाबु गिरीले आपूmले छात्राबृत्ति वितरण नगरेको स्वीकार गरेका छन्् । छात्राबृत्तिको लागि आएको पैसा जग्गा खरिदमा खर्च भएको भन्दै अब एकमुष्ट दिने उनले बताए । पुस्तकालयको ५ लाख ६० हजार रुपैयाँ पनि आपूmहरुसँग सुरक्षित रहेको गिरीको भनाई छ ।
मन्थली नगरपालिकाले भने तत्कालै छानविन गरेर कारबाही गर्ने बताएको छ । मन्थली नगरपालिकामा कार्यरत उपसचिव (प्रा.) हेमन्त कुमार बुढाथोकीले छानविन गरेर रकम हिनामिना गरेको पाइएमा नगरपालिकाको शिक्षा नियमावली ऐन अनुसार कारबाही गरिने बताए ।
सरकारी सम्पत्ती अपचलन गर्ने प्रधानाध्यपक गिरी र सम्लग्न ब्यक्तिहरुलाई तत्कालै कारबाही हुनुपर्ने अभिभावकको माग रहेको छ ।

Share this

प्रतिकृया

Add