नेशनल फार्मद्धारा निर्मित मिनी धरहरा पार्क संरक्षण समितिलाई हस्तान्तरण

 शनिबार, पुस २५, २०७७ | onlinenews
Share this

रामेछाप– रामेछाप नगरपालिका–८ बिटार पार्कमा नेशनल ब्रिडिङ्ग फार्म प्रा.लि.द्धारा निर्माण गरिएको मिनी धरहरा एक औपचारिक कार्यक्रमबीच पार्क संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ ।
पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले विटार पार्कमा धरहराको प्रतिमा स्वरुप मिनी धरहरा निर्माण गरिएको नेशनल ब्रिडिङ्ग फार्म प्रा.लि.का सञ्चालक रुद्रकुमार श्रेष्ठले बताए । नेशनल ब्रिडिङ्ग फार्मले निर्माण गरेको धरहरा शनिबार पार्क संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो ।
रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले रिबन काटेर चाबि पार्क संरक्षण समितिलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामेछाप नगरपालिका प्रमुख नरबहादर थापामगरले कार्यक्रमलाई संवोधन गर्दै नगरपालिकाको पञ्च वर्षिय योजना अन्तर्गत विटार पार्क विकास भइरहेको बताए ।


वडा नं. ८ नगरपालिकाको केन्द्रको वडा भएकाले यस वडा अन्तर्गत तीन वटा पार्कहरु तिल्केस्थान गडी, गणेश चोक र बिटार पार्क गरि तीन वटा पार्कहरु विकास भइरहेको नगर प्रमुख मगरले बताए । नगरपालिकाको पञ्च वर्षिय रणनीतिक योजनामा प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।
बिना डिजाइन, बिना लक्ष्यको साथ रासमले बिटार पार्क निर्माणको कार्य सुरु गर्दा मलाई यो पार्क यति चाँडै यति विकास होला भन्ने विश्वास लागेको थिए नगर प्रमुख थापाले भने । बन संरक्षण तथा पोखरी निर्माण कार्यक्रम अन्तर्गत डिभिजन बन कार्यालय मार्फत बिटार पार्क निर्माणको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको पनि उनले जानकारी दिए ।

पार्कको डिपीआर तयार गर्नको लागि पनि नरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख मगरले जानकारी दिए । रामेछाप नगरपालिकाले बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्याउने उद्देश्यले पर्यटकीय अवधारणहरुका साथ अघि बढेको पनि मगरले बताए ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले विटार पार्क रामेछाप नगरपालिकामा पर्ने भए पनि बढी उपयोग मन्थली नगरबासीले गर्ने भएकाले पार्कको विकासको लागि मन्थली नगरपालिकाले पनि सहयोग गर्ने बताए ।
मन्थली नगरपालिका सडक बत्ती विस्तारको क्रममा रहेकाले बिटार पार्कको लागि पनि सडक बत्ती राखिदिने मन्थली नगर प्रमुख बस्नेतले बताए । मन्थली नगरपालिका सुकाजोर खोलालाई हरित क्षेत्रको रुपमा विकास गर्ने क्रममा रहेकाले जमिन मुनीबाट पानी तानेर विटार पार्कको हरियालीको लागि पनि सहयोगी बन्न सक्ने बस्नेतले बताए । विटार पार्कलाई रामेछापको पर्यटकीय क्षेत्रको सेतुका रुपमा विकास गर्न सकिए राम्रो सफलता मिल्ने नगर प्रमुख बस्नेतको भनाई छ ।


सोही अवसरमा नेपाली काँग्रेसका नेता भरत चौलागाईको आर्थिक सहयोगमा बिटार पार्कभित्रै निर्माण गरिएको सेल्फी टावर पनि पार्क संरक्षण समितिलाई हस्तारण गरिएको छ । सेल्फी टावर निर्माणको लागि लागेको सम्पूर्ण खर्च प्रदान गरेका चौलागाईले टावरलाई अझ मजबुत बनाउनको लागि सहयोग गर्ने बताएका छन् ।
नेता चौलागाईले समग्र विटार पार्क निर्माणको लागि पनि आपूmले सहयोग गर्ने बचन दिएका छन् । टावर हस्तारण कार्यक्रमपछि टावरमा चढेर सेल्फी खिचेका नेता चौलागाईले मानिस चढ्दा टावर हल्लिएको भन्दै नहल्लिने बनाउन सपोर्ट पुग्ने संरचना निर्माण गर्न अनुरोध गर्दै त्यसको लागि आपूmले १ लाख रुपैयाँ सहयोग गर्ने पनि घोषणा गरेका छन् ।

Share this

प्रतिकृया

Add