नेकपा रामेछाप नगर कमिटीको एकजुट भएर अघि बढ्न अपिल

 सोमवार, माघ ५, २०७७ | onlinenews
Share this

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप नगर कमिटीले गएको पौष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको घटनाको भत्सर्ना गर्दै रामेछाप नगर कमिटी एक ढिक्का भएर अगाडि बढ्ने बताएको छ ।
पार्टी नगर कमिटीका ३ जना कार्यालय सदस्यहरु, सचिव र अध्यक्षद्धारा संयुक्त अपिल जारी गर्दै रामेछाप नगरका आम कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई एकढिक्का भएर अगाडि बढ्न अपिल गरिएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाको लागि रामेछाप नगर कमिटी एक ढिक्का भएर अगाडि बढ्ने अपिलमा उल्लेख गरिएको छ ।
अपिलमा कार्यालय सदस्यहरु इन्दीरा बख्रेल, नरेशबाबु श्रेष्ठ, रोषण पाख्रिन, नगर कमिटी सचिव होतराज ढकाल र अध्यक्ष मोतिलाल तामाङले हस्ताक्षर गरेका छन् ।

Share this

प्रतिकृया

Add