गाउँगाउँमा करदाता शिक्षा कार्यक्रम सञ्चालन

 शुक्रबार, फाल्गुन १४, २०७७ | onlinenews
Share this

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । गोकुलगंगा गाउँपालिका, रामेछाप उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय रामेछापको संयुक्त आयोजनामा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । करदाता शिक्षा कार्यक्रमको सहजीकरण कर अधिकृत विनोद प्रसाद आचार्यले गरेका थिए ।
करदाता शिक्षा कार्यक्रममा करमा दर्ता हनुपर्ने अवस्था, विवरण पेश गर्ने समय र अवस्था, विवरण पेश नगरेमा कानून बमोजिम लाग्ने व्याज शूल्क आदिको बारेमा करदताहरुलाई जानकारी दिइएको थियो ।
यसैगरी छुट सुविधाहरुमा आर्थिक ऐन २०७७ ले प्रदान गरेको छुट, कोभिड १९ को कारण आ.व २०७६÷०७७ को लागि सरकारले प्रदान गरेको छुट र कर कानुनले व्यवस्था गरेका प्रावधानहरुको बारेमा पनि कर अधिकृत आचार्यको करदाताहरुलाई प्रष्ट पारेका थिए ।
करदाता शिक्षा कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सकिएपछि अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सांसद शान्तिप्रसाद पौडेलले अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै कर राज्यलाई अनिवार्य तिर्नै पर्ने भएकाले दर्ता नभएका व्यवसायिले दर्ता गरि आफ्नो दायित्व पूरा गर्न ब्यवसायिहरुलाई आग्रह गरे ।


गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्कबहादुर सुनुवारले करदाता शिक्षा कार्यक्रमले कर सहभागितामा वृद्धि हुने भएकाले भविष्यमा पनि यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । यसैगरी रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले संघले गरेका क्रियाकलापहरु संक्षेपमा सुनाउँदै आयआर्जन गरिरहेका सबैले करमा दर्ता भई राज्यप्रतिको दायित्व पूरा गर्न ब्यवसायिहरुलाई अनुरोध गरे ।
अन्तरक्रिया कार्यक्रममा करिव १ सय जना व्यवसायि तथा स्थानीयहरुको सहभागिता रहेको थियो । आगामी दिनमा सबै स्थानीय तहमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने करदाता सेवा कार्यालय रामेछापले जनाएको छ । यस अघि कार्यालयले मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको छ ।
करदाता सेवा कार्यालयले गत असोज २८ गतेबाट जिल्ला सदरमुकाम मन्थलीको मदनआश्रित चोकमा कार्यालय सञ्चालन गरि सेवा प्रवाह गरिरहेको छ । जिल्लामा कार्यालय स्थापना हुनु अघि कर तिर्न आन्तरिक राजश्व कार्यालय, धुलिखेल पुग्नुपर्ने बाध्यता थियो । जिल्लामै करदाता सेवा कार्यालय सञ्चलन भएपश्चात व्यवसायिले छिटो र सहज रुपमा सेवा पाएका छन् ।

Share this

प्रतिकृया

Add