दोलखा: अपर तामाकोशी हाइड्रोपावरको आइपीओको नतिजा मंगलबार प्रकाशन भएको छ । अपर तामाकोशीको आइपीओ रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता बाँडफाँट गरिएको छ ।
न्यूनतम ४० कित्ता बाँडफाँड गरिसकेपछि बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता शेयर गोलाप्रथाबाट बाँडाफाँट भएको हो ।
रितपूर्वक आबेदन दिएका मध्ये १ लाख ७२ हजार ७७५ जनालाई ग्रोलाप्रथाबाट १० कित्ता थप गरिएको छ । शेयर आबेदक मध्य १ लाख ६१ हजार ३०० जना आवेदकले ४० कित्ताका दरले र १ लाख ७२ हजार ७७५ जनाले ५० कित्ताको दरले सेयर पाएका छन् । त्यस्तै आबेदक मध्य ५ हजार ७०० जनाको आवेदन रद्द भएको छ । रद्द भएको शेयर आवेदन कित्ता १२ लाख ९८ हजार ९५० रहेको थियो ।
माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो ।
आफूलाई शेयर परेको कसरी थाहा पाउने ?
ईन्टरनेटको सहयताल मोवाईल वा कम्यूटरको माध्ययमबाट आफूलाई कति कित्ता शेयर परेको छ? भन्ने जानकारी घरैमा बसेर पनि लिन सकिन्छ । शेयर सम्वन्धि जानकारीका लागि
http://www.nepalipaisa.com/IPO-Result.aspx मा गई Quick links को IPO Resul ति मा गई १६ अंकको BOID नंम्वर राखेर सर्च गरेपछि कति कित्ता शेयर परेको छ ? भनी जानकारी लिन सकिन्छ । त्यस्तै अर्को तरिकाबाट पनि शेयर सम्वन्धि जानकारी लिन सकिन्छ । https://www.sharesansar.com/अयmर लाई खोलेर होम बटनमा देखिने IPO/FPO बटनमा देखिने IPO Result को बटन दवाउनु पर्नेछ । स्क्रिन खुलेपछि १६ अंङ्कको BOID नंम्वर राखी सर्च बटना थिचेपछि कतिकित्ता शेयर परेको हो सुचना पाउन सकिन्छ ।