रामेछापः माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ आज मंगलबार दिउँसो ३ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार तामाकोशीको आइपीओ क्रिष्टल ब्याकेट बबरमहल, काठमाडौंमा मंगलबार दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो ।
तामाकोशीको शेयर न्यूनतम पनि ४० कित्ता सबैले पाउने अनुमान छ । कर्मचारी र स्थानीयबासीका लागि अपर तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
यसरी शेयर पाइसकेका मध्ये केहीले पुनः दोहोयाएर भरेको पाइएपछि शेयर बाँडफाँटमा बिलम्ब भएको कार्कीले बताए । उनका अनुसार यसअघि नै शेयर पाईसकेका ६ हजारले दाहो¥याएर शेयर आवेदन भरेका छन् ।
अपर तामाकोशीले गत कार्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।
यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि शेयर भरेका छन् ।