३१ जेठ, रामेछाप–नेपालको नयाँ नक्सा सर्वसम्मतले अनुमोदन भएको खुसीयालीमा अनेरास्वयू जिल्ला समिति रामेछाप र राष्ट्रिय युवा संघ, रामेछापले शनिबार साँझ मन्थलीस्थित देवकोटाचोकमा दिपावली गरेको छ ।
भारतले मिचेको नेपाली भूमि समेटेर नेपाल सरकारले जारी गरेको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन भएको खुसीयालीमा दीप प्रज्वनल गरिएको हो ।
दीप प्रज्वलन गर्दै भारतले मिचेको नेपाली भूमि समेटेर सार्वजनिक गरिएको नेपालको नक्साले संसदबाट वैधानिकता पाएकोमा खुसी ब्यक्ति गर्दै अनेरास्ववियू र राष्ट्रिय युवा संघले अब नेपाली भूमिबाट भारतीय सेना हटाउन सरकालाई सहयोग गर्नुपर्ने बताए ।
नेपाली भूमिमा रहेका भारतीय सेनालाई हटाउन आम नेपाली एक भएर सरकारलाई साथ सयोग र समर्थन गर्दै सरकारलाई हौसला दिन आवश्यक रहेको अनेरास्ववियू र राष्ट्रिय युवा संघको भनाई छ ।
मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए । त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले भाग लिएका थिए ।