Logo

कम्युनिष्टको दुई तिहाइको दम्भले विकास हुन सकेनः कार्की (भिडीयो सहित )



रामेछापः नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले कम्युनिष्टको दुई तिहाईको दम्भको कारण विकास हुन नसकेको आरोप लगाए ।
दुई तिहाइको दम्भ संघीय सरकारदेखि स्थानीय सरकारसम्म देखिएको भन्दै नगरपालिकाले आवधिक योजना बिनानै विकासलाई अगाडि बढाउँदा जनताले चाहे जस्तो विकास नभएको बताए ।
सचिव कार्कीले अझै पनि अध्याँरोमा झट्टी हान्ने तरिकाले योजना अगाडि बढाउँदै जाने हो भने नगरको विकास नहुने बताए । नगरपालिकाले बनाएको योजनामा नेपाली काँग्रेसले विरोध नगरेको पनि कार्कीको दावि छ ।
कार्कीले भने– ‘नगरपालिकाले बनाएको विकासको योजनामा नेपाली काँग्रेसले विरोध गरेको छैन, अब हामी नगरपालिकाले दुई वर्षमा गरेको विकासको उपलब्धि हेर्न चाहन्छौं ।’
काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले नगरपालिकाको विकासमा सहयोग गरेको पनि उनले बताए । अन्य सन्दर्भमा नेपाली काँग्रेस प्रतिपक्ष भए पनि विकास निर्माणमा काँग्रेसको भूमिका प्रतिपक्षको नहुँने सचिव कार्कीले बताए ।

https://youtu.be/UQ2ulOxJKYE

प्रतिक्रिया दिनुहोस्