Logo

चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने



रामेछाप- जिल्लाको सदरमुकाम मन्थलीमा “रामेछाप सिभिल च्याम्पियनशिप २०७५” (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति रामेछापले यही माघ २२ गतेदेखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भलिबलको क्षेत्रमा नयाँ सिभिल च्याम्पियनशिप दिने उद्देश्यले “रामेछाप सिभिल च्याम्पियनशिप २०७५” (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।
प्रतियोगितामा सातै प्रदेश र ५ वटा क्लब गरि १२ समूह खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति रामेछापले जानकारी दिएको छ ।
प्रतियोगितामा सातै वटा प्रदेशका साथै क्लबहरुमा शान्तिदीप युवा क्लब, मन्थली यूनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमूनादीप युवा क्लब र प्यराडाइज युथ क्बल सहभागि हुने बताइएको छ ।
खेल लिक कम नकआउट नियम अनुसार खेलाइने छ । प्रतियोगितामा सहभागि हुने टिममा १२ जना खेलाडी एक प्रशिक्षक र एक जना ब्यवस्थाक सहित १४ जना सहभागि हुन सक्नेछन् ।
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गर्न लागेको प्रतियोगितमा मुख्य सहआयोजक मन्थली नगरपालिका रहेको छ भने रामेछापका अन्य सबै स्थानीय तह सहआयोजकको रुपमा रहेका छन् ।
प्रतियोगिताका विजयी टीमले ३ लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा द्वितीय हुने टीमले दुई लाख रुपैयाँ र तेस्रो हुने टीमले एक लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगितामा ४८ लाख ५८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्