Logo

दोस्रो रामेछाप महोत्सव फागुन ६ देखि १५ गतेसम्म



२१ माघ, रामेछाप–दोस्रो रामेछाप कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ फागुन ६ गतेदेखि १५ गतेसम्म सदरमुकाम मन्थलीमा हुने भएको छ ।
‘कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दोश्रो रामेछाप महोत्सव गर्न लागिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटक वित्र्याउनु, जिल्लाबासी र जनप्रतिनिधिसँगको सम्बन्ध सुमधुर बनाउनु, घरेलु उद्योगको विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउनु, स्थानीय स्तरमा उत्पादन हुने कृषजन्य बस्तुको बजारमा सहजीकरण गर्नु, बाह्य लगानी भित्र्याउनु, जिल्लामा रहेका जातजातिका संस्कार, संस्कृतिको उजागर गर्नु महोत्सवको उद्देश्य रहेकोे छ ।
जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनको लागि हेलिकप्टरबाट शैलुङ्ग लगायतका जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गर्ने ब्यवस्था मिलाइने महोत्सव आयोजक उद्योग बाणिज्य संघ रामेछापले जानकारी दिएको छ ।
मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको महोत्सवको आयोजक रामेछाप उद्योग बाणिज्य संघ र सह–आयोजकमा सामाजिक सशक्तिकरण नेपाल रहेको छ ।


महोत्सवमा प्रत्येक दिन गायन नृत्य सहित वृहत साँस्कृतिक कार्यक्रम गरिने जानकारी दिदंै आयोजक संस्था रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेलमार्ग रामेछापको बृत्तचित्र प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए । महोत्सवमा ४७ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
मन्थली नगरपालिका सहित जिल्लाका ८ वटौ स्थानीय तह नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, मागमती प्रदेश सरकार, गैरसरकारी संस्थाहरु, व्यापारिक कम्पनीहरु, बैंक तथा बित्तीय संस्थाहरुबाट आर्थिक जुटाउने पहल भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिए । त्यस्तै स्टल र टिकट बिक्रीबाट आएको पैसाबाट पनि महोत्सवको खर्च ब्यवस्थापन गर्न सहयोग पुग्ने उनले बताए ।
पत्रकार सम्मेलनमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले दोश्रो रामेछाप कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ सफल बनाउन नगरपालिकाले दिल खोलेर सहयोग गर्ने बताए । महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न बनाउन जिल्लास्थित सरोकारवाला निकायलाई आग्रह पनि गरेका छन् ।
महोत्सवमा जिल्लाका पर्यटकीय स्थलहरुको फ्लेक्स प्रिन्ट, जिल्लाको कला संस्कृतिको प्रस्तुती, औद्योगिक प्रर्दशनी तथा खरिद बिक्री, दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा खरिद बिक्री, ताजा तरकारी, फलफुल तथा कृषि उपज, दूग्ध परिकार प्रदर्शनी लगायतको एक सय वटा स्टलहरु राखिने आयोजकले बताएको छ ।
त्यसैगरी बाल उद्यान, लोक तथा आधुनिक गीत, राष्ट्रिय स्तरको हास्यब्यङ्गे कलाकारको प्रस्तुती, स्थानीय भाषाको गीत एवं नृत्य लगायत कार्यक्रमहरु महोत्सवको मुख्य गतिविधिको रुपमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्