दोलखाः प्रथम प्रकाश स्मृति कप २०७५ को उपाधि प्लानिङ ब्वाइजले जितेको छ । शुक्रबार भएको फाइन खेलमा आयोजक दोलखालाई २–१ ले पराजीत गर्दै प्लानिङ्ग ब्याइजले उपाधि उचालेको छ ।
फाइनल खेल हेर्न हजारौंको संख्यामा दर्शकहरु सहभागिता रहेको थियो । निकै रोमाञ्चक खेलमा प्लानिङ ब्वाइजका लागि खेल सुरु भएको करिव ४ मिनेटमै विदेशी खेलाडी काशीले गोल गरेर आयोजकलाई दबाब दिएका थिए ।
१७ औं मिनेटमा पिटर सेगुनले अर्को गोल गरेपछि दोलखाका हिमाल श्रेष्ठले ३६ औं मिनेटमा १ गोल फर्काए तर त्यसपछि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमै दोलखा उपविजेतामा सिमित बन्न पुग्यो ।
विजेता प्लानिङ ब्वाइजलाई खानेपानी मन्त्री बिना मगरले २ लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र हस्तान्तरण गरिन । स्व. प्रकाश दाहालकी पत्नी मगर समापन समारोहको प्रमुख अतिथिको रुपमा दोलखा आएकी थिइन ।
यस्तै, उप विजेता दोलखाले १ लाख २५ हजार नगद, सेमिफाइनसम्म पुगेका दिपशिखा क्लब नैकाप र एपिएफले ३०÷३० हजार नगद र शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
प्रथम प्रकाश स्मृति कप प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट किपरमा प्लानिङ ब्वाइजका विष्णु केसी, वेष्ट डिफेन्डर दोलखाका विवेक बुढाथोकी, दोलखाकै हिमाल श्रेष्ठ र वेष्ट स्ट्राइकर दोलखाकै सुजन श्रेष्ठ, म्यान अफ दि टुर्नामेन्ट तथा दिपशिखा युवा क्लव नैकापका दावा शेर्पा हाई स्कोर घोेषित हुँदै जनही नगद १०÷१० हजार नगद प्राप्त गरे । सो प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।