रामेछाप: सोमबार कार्यपालिकाको बैठकको क्रममा भएको घटनाको विषयलाई लिएर बसेको मन्थली नगर कार्यपालिका सदस्यहरुको बैठकले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले माफि माग्नु पर्ने निर्णय गरेको छ ।
मन्थली नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यहरुको बैठकले प्रमुख प्रशासकीय अधिकृतले माफि नमागेसम्म कार्यपालिकाको बैठक बिहस्कार गर्ने निर्णय गरेको हो ।
मन्थली नगरपालिकाको २४ जना कार्यपालिका सदस्य मध्य बैठकमा १६ जनाको सहभागि रहेको थियो ।
सोमाबारको कार्यपालिका बैठकमा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतिलाई लक्षित गरि आक्रमण गरेको भनि गलत सूचना सार्वजनिक गरेको कार्यपालिका सदस्यहरुको आरोप छ ।
कार्यपालिका सदस्य र वडा अध्यक्षले आक्रमण गरेको छैन, बरु प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जनप्रतिनिधिको मानमर्दन हुने ब्यवहार ग¥यो, मन्थली नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले भनिन् ।
आक्रमण नगरेको भए नगर प्रमुखको टाउकोमा चोट कसरी लाग्यो त ? भन्ने पत्रकारको जिज्ञासामा उपप्रमुख कार्कीले भनिन–प्रमुख प्रशासकीय अधिकृतले टेबुल ठोक्दा मयेर साबको अगाडि रहेको नेमप्लेट माथि उफ्रिएर भुइमा झरेको थियो, त्यसबेला हामीले ख्याल गरेनौं त्यही नेमप्लेटले लागेको हुनसक्न ।
यसमा मेयर शावको कुनै दोष छैन र उहाँलाई आक्रमण गर्नेपर्ने कारण पनि केही छैन यो घटना घट्नुको मुख्य दोषि भनेकै प्रमुख प्रशासकीय अधिकृत हो कार्कीले भनिन् । कार्यकारी प्रमुखको आफ्नो उदण्ड बाहिरीने डरले सिसी क्यामेराको रेकर्ड समेत हटाएको कार्यपालिका सदस्यहरुको आरोपछ ।
सिसी क्यामेराको रेकर्ड हेर्दा सबै कुरा थाहाँ हुन्छ, हामी सिसी क्यामेराको फुटेज हेर्न चाहन्छौ, हाम्रो गल्ती रहेछ भने हामी कारबाही भोग्न तयार छौं तर सिसी क्यामेराको हेकर्ड किन हटाइयो, कार्यपालिका सदस्य उवद्ध रम्तेलले भने । प्रशासकीय प्रमुखले आफ्नो उदण्ड बाहिरिने डरले सिसी क्यामेराको रेकर्ड डिलिट गराएको आरोप लगाउँदै माफि नमागेसम्म प्रमुख प्रशासकीय अधिकृत सहभागि हुने कुनै पनि बैठकमा १६ जना कार्यपालिका सदस्यहरु सभागि नहुने बताए ।