यूएई सरकारले अगष्ट १ देखि अक्टोबर ३१ २०१८ सम्मको लागि त्यहाँ अवैधानिक रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई तीन महिने घर फर्किन तथा वैध बन्न पाउने व्यवस्था गरेको छ। आफ्नो देशमा लुकीछिपी अवैध रूपमा बसिरहेका नागरिकहरूलाई स्वदेश फर्कन वा नयाँ भिसा लिएर वैधानिक बन्ने अवसर दिनलाई यस्तो व्यवस्था गरेको हो। यसबाट धेरै नेपालीहरूलाई पुलिसको डरले लुकीछिपी बस्नुपर्ने बाध्यता हटेको छ। ‘आफ्नो अवस्था बताएर आफूलाई बचाउनुहोस्’ नारा दिइएको यो व्यवस्थालाई सहजीकरण गर्नको लागि यूएई सरकारले विभिन्न स्थानहरूमा सहयोग शिविर पनि खोलेको छ। यो आममाफी सन् २०१३ पछि पहिलोपल्ट खोलिएको हो।
को को वैध हुन पाउँछन् ? कस्तो कस्तो व्यवस्था छ ?
कानुनी रुपमा यूएई प्रवेश गरेका तथा स्पोन्सरबाट भागेर अवैध बनेका कामदारले वैध हुने वा विना जरिवाना आफ्नो देश फर्किन पाउने छन् । उनीहरूलाई फेरी युएई फर्किन नपाउने ‘नो इन्टरनेट’ भिसा पनि लगाइने छैन।
तर यूएईनै अवैधानिक रूपमा प्रवेश गरेकाहरूको हकमा भने वैध हुने पाएपनि २ वर्षसम्म यूएई फर्किन प्रतिबन्ध लाग्नेछ।
भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रूपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउनेछन् ।
कहाँकहाँ खुलेका छन् सहयोग शिविरर ?
यूएईका नौ वटा ठाउँहरूमा खुलेका छन्।
ती निम्नानुसार छन्स् साहमा क्षेत्र अबुधाबी, अबिर क्षेत्र दुबई, शारजाँह अजमन, फुजिरा, रास अल खाइमा, उम अल कुमेन, अल एन र धाफ्रा ।
कति बजेबाट कति बजेसम्म सेवा पाइन्छर ?
आइतबारदेखि बिहीबार सम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पाइन्छ।
कति समयभित्र प्रक्रिया सकिन्छ ?
सबै कागजपत्रहरू सक्कली भएमा बढीमा २ दिनभित्र सकिन्छ।
तर त्यसको लागि सक्कली पासपोर्ट, पुरानो भिसा र बसोबार गरिरहेको नम्बर बुझाउनुपर्छ। यी कागजपत्रहरू नहुँदा प्रक्रिया लम्बिन पनि सक्छ।
तपाईँ आफै अवैधानिक रुपमा बसिरहनुभएको छ भने ती आफूलाई नजिक पर्ने स्थानमा सम्पर्क गरेर सहभागी भइहाल्नुहोस्। साथै आफ्नो साथीलाई पनि यो समाचार सेयर गरिदिनुहोला।
स्रोतः गल्फ बिजनेस डटकमबाट साभार गरिएको ।