Logo

विपद्मा कसरी खटिइन्छन्, चिकित्सक र स्वास्थ्यकर्मी



 

रामेछाप- रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका–८ भङ्गेरीको गैरी गाउँमा पहिरोमा परी ३ वटा घरहरु पुरिँदा एक जनाको मृत्यु र १२ जना घाइते भए । उक्त घटनामा परी घाइते भएका बिरामीहरुको उपचारमा रामेछाप अस्पतालमा कार्यरत चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरु सव्रिmय रुपमा खटिइए । अस्पताल आएका बिरामीहरु मध्ये स्वास्थ्य अवस्था गम्भीर भएका २ जना बिरामीलाई प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाठौँ रेफर गरियो भने रामेछाप अस्पतालमै उपचार हुन सक्ने बिरामीहरुको उपचार त्यहीँ गरियो । विपद्मा परी घाइते भएर धेरै सङ्ख्यामा बिरामीहरु अस्पताल आउँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उपचार सेवालाई प्रभावकारी बनाउन कसरी काम गर्छन् भन्ने विषमा आधारित कृत्रिम घटन अभ्यास हो ।

उक्त कृत्रिम घटना अभ्यास रामेछाप नगरपालिका–८ भङ्गेरीको गैरी गाउँलाई घटना स्थल मानेर विपद्पछि उद्दार तथा उपचार प्रव्रिmयालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास गरिएको हो । रामेछाप अस्पताल रामेछापको आयोजनामा पहिरोको बेला हुनसक्ने खतरा, प्रभावकारी खोज तथा उद्दार र घाइतेहरुको उपचारलाई कसरी प्रभावकारी बनाउ सकिन्छ भन्ने बारेमा कृत्रिम घटना अभ्यास गरिएको थियो ।
अभ्यासका व्रmममा अविरल वर्षाका कारण केही घरहरुमा पहिरोले क्षति पु¥याएको केही मानिसहरु घाइते भएको दृश्य देखाइएको थियो । पहिरोमा परेका व्यक्तिको उद्दार गरी छिटोभन्दा छिटो अस्पताल पुर्याएर व्यवस्थित रुपमा घाइतेहरुको उपचारमा जोड दिइएको थियो ।


सुरक्षा फौजको टोली, नेपाल रेडव्रmस सोसाइटीको टोली, प्रहरी र स्थानीयले पहिरोमा परेका व्यक्तिलाई झण्डै आधा घण्टासम्मको प्रयासपछि बाहिर निकालेर प्राथमिक उपचारपश्चात् एम्बुलेन्सबाट अस्पताल पठाएको थियो । नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडव्रmस सोसाइटी र स्थानीयको सव्रिmयातामा घाइतेहरुको खोज तथा उद्दार गरिएको थियो । घाइतेहरुको खोज तथा उद्दारमा स्थानीयवासीको भूमिकाको बारेमा समेत घटना अभ्यासमा प्रस्तुत् गरिएको थियो ।
घाइतेलाई उद्दार गरी अस्पताल पु¥याएपछि के कसरी व्यवस्थापन गरिन्छ भनेर पनि अभ्यासका व्रmममा देखाइएको थियो । सोे पहिरोको कृत्रिम घटना अभ्यासमा नेपाली, सेना, नेपाल प्रहरी, नेपाल रेडव्रmस सोसाइटी, स्थानीयवासी लगायतका सरोकारवाला निकायको सहभागिता रहेको थियो । खड्ग दल गण रामेछापको सुरक्षा फौजको टोलीले घाइतेको उद्दारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आरबिपी डब्लू रामेछाप र समाजसेवा महिला जागृती सहकारीका कालाकारहरुले घाइते तथा बिरामीको भूमिका निर्वाह गरेका थिए ।

विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षाकर्मी तथा उद्दारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्वअभ्यास गराइएको रामेछाप अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अचुत पौडेले बताए । विपदको बेला हुने खोज, उद्दार र उपचारको कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अस्पतालले हरेक वर्ष कृत्रिम घटना अभ्यास कार्यव्रmम गर्दै आएको पनि डा. पौडेलले जानकारी दिए । रामेछाप जिल्लामा पहिरोको बढी जोखिम भएकाले पहिरोमा आधारित कृत्रिम घटना अभ्यास गरिएको पनि उनले बताए । व्यवहारिक कृत्रिम घटना अभ्यास पछि, घटना अभ्यासको विषयमा समीक्षा समेत गरिएको थियो । समीक्षा कार्यव्रmममा मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले कृत्रिम घटना अभ्यास समग्रमा प्रभावकारी र सफल भएको बताउँदै, घटना स्थलबाट अस्पताल ल्याउँदा डेथबडी भन्दा अन्य बिरामीहरुलाई प्राथमिकता दिनुपर्ने लगायका केही सुझावहरु समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्