Logo

विप्लब कार्यकर्ताद्वारा आगो लगाइ ग्यास सिलिण्डर विस्फोट



रामेछछापः नेत्र विक्रम चन्द विप्लबले मंगलबार आव्हान गरेको देश व्यापी बन्दको कार्यक्रम सफल बनाउन विप्लबका कार्यकर्ताहरुले मन्थली बजार क्षेत्र नजिकै मंगलबार विहानीपखको रातमा ग्यासको सिलिन्डरमा आगो लगाइ बम झै गरी विस्फोट गराएका छन ।
विप्लब कार्यकर्ताहरुले बन्द कार्यक्रम सफल बनाउन जिल्लामा आफ्नो उपस्थित रहेको त्रास फिजाउन मंगलबार विहानी पखको रातको २ बजेतिर मन्थली बजार क्षेत्र भन्दा माथि पाखामा टायर माथि सिलिण्डर राखेर आगो लगाइ विस्फोट गराएका थिए । बमको झै आवाज निस्किएर विस्फोट भएपछि मन्थली आसपासका क्षेत्रमा त्रास फैलिएको छ । विस्फोट पश्चात विस्फोट स्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्यासको सिलिण्डर राखेर विस्फोट गराई त्रास फैलाउनका निम्ति उक्त कार्य गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष कुमार भट्टराइले जानकारी दिए । मानव बस्ती भन्दा पर पाखाको क्षेत्रमा विस्फोट गराएकाले कुनै क्षति भने नभएको भट्टराइले बताए । विस्फोट पछि मन्थली बजार आसपासको क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले समेत विहानै देखि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।
विप्लबको बन्दको प्रभाव जिल्लाभर विहानै देखि परेको छ । लामोदुरीका सवारी साधान संचालनमा आएका छैनन भने छोटादुरीको सवारी साधन समेत आंशिक रुपमा चलेका छन । जिल्लामा रहेका क्याम्पसहरुको विहानी कक्षाको पढाइ समेत प्रभावित बनेको छ । पसल व्यावसायहरु छिटफुट खुलेका छन । यातायातका साधनहरु संचालनमा प्रहरीले स्कर्टिङको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्