Logo

शिक्षकमहासंघ खारेज गराएरै छाड्ने पुनरुत्थानवादीको घोषणा



काठमाडौं– उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपाल पार्टीमा आवद्ध अस्थायी शिक्षकहरुले शिक्षक कर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्ने उद्घोष गरेका छन् ।
केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षक कर्मचारीका संघसंगठनहरुलाई अदालबाटै खारेज गराएरै छाड्ने उद्घोष गरेको हो ।
वर्षौदेखि सेवामा रहँदै आएका अस्थायी शिक्षकहरुलाई प्रतिशतमा बाडेर परीक्षा गर्न सहमति गरि हजारौं अस्थायी शिक्षकको जागिर खोसेको पुनरुत्थानवादीको आरोप छ ।
पार्टीकी प्रमुख नेता तारा बरालले शिक्षक महासंघ खारेजीका लागि आगामी पौष २० गते सर्वोच्च अदालतमा बहस हुने र अन्य शिक्षकका संघसंगठनहरु पनि खारेज गरेर जाने बताइन् ।
सरकारी सेवा सुविधा खाने शिक्षक महासंघ सरकारकै अंङ्ग भएकाले संगठन, युनियन बनाएर सरकार विरुद्ध आन्दोलन गर्न नपाउने जिकिर गर्दै शिक्षक कर्मचारीको न्यायका खातिर संगठन, युनियन खारेजीको विकल्प नरहेको बरालको भनाई छ ।
शिक्षकका संघसंगठन खारेजी गरेपछि आपूmहरुले राजनीतिक दलहरुको खारेजीमा लाग्ने र दलवीहिन शासन व्यवस्था शुरु गर्ने बरालले बताइन ।
सोही पार्टीका नेता शेखरजंग रायमाझीले अस्थायी शिक्षकमाथि शिक्षक महासंघ र सरकारले सधैँ खेलवाड गर्दै आएको आरोप लगाए । शिक्षक महासंघ कुनै हालतमा खारेज गराएरै छाड्ने पनि उनले बताए ।
आपूmहरुले नेपाल इस्टुको दर्ता खारेज गराएको र विद्यालय कर्मचारीको महासंघको आवद्धता समेत अदालतबाट खारेज गराएको बताउँदै रायमाझीले अब शिक्षक महासंघ र राजनीतिक दलहरु खारेज गराइ छाड्ने घोषणा गरे ।
राज्य र शिक्षकबीच पटक–पटक दलाली गर्ने र फाइदा लिने महासंघ रहेसम्म उत्पीडित शिक्षकले न्याय नपाउने तिवारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्