रामेछापः रामेछाप नगरपालिका–७ भालुखोपका अर्जुन कार्की बिदेश बस्न थालेको १९ बर्ष भयो । १९ बर्षअघि भालुखोपबाट विदेश जाने उनी पहिलो ब्यक्ति थिए । पहिलोपल्ट बिदेश जाँदा बुबाआमाले धेरै चिन्ता गर्नुभयो ।
बिदेश जाँदा आमाले रुँदै बाटो छेकेको दिन सम्झँदा अहिले पनि कार्कीका आँखाका डिलसम्म आँसु छल्कन्छ । ‘बिदेश जानु मेरो बाध्यता थियो’ कार्कीले सुनाए । तर बिदेशमा कमाएर सुखसँगै जीन्दगी बिताउने सपनालाई आमाको आँसुले रोक्न सकेन । सायद मैले त्यतिबेला बिदेश नजाने कसम खाएको भए जीन्दगी नै वल्लो खोला न पल्लो तिरको हुन्थ्यो कि ? कार्की सुनाउछन् ।
कार्की बिदेश जानु अघिका २ बर्ष काठमाडौंको मनसुन डिस्कोमा होटल मेनेजरको काम गर्थे । डिस्कोमा महिनाभर दुःख गरेर कमाएको पैसाले कार्कीको व्यक्तिगत खर्च मात्र धानेको थियो । तर परिवारको समेत खर्च धान्नुपर्ने जिम्मेवारी थियो कार्कीको । डिस्कोमासँगै काम गर्ने साथीहरुले बिदेशमा गएर काम गरेको अनुभव सुनाएका थिए । त्यहि सुनेका कुराले उनलाई बिदेश जान प्रेरीत ग¥यो ।
होटलको काम गर्न सिपालु भएकाले आफूले देखेको सपनामा पूर्णबिराम लागेन कार्की आफ्नो अनुभव सुनाउँछन् । सन् २००० देखि हालसम्म पनि कार्की बिदेशमा काम गरिरहेका छन् ।
फरक देश फरक परिवेशः
देश अनुसारको भाषा, धर्म र संकृति पनि अलग अलग हुने भएकाले फरक देशमा जाँदा केहि समय काममा समेत समस्या हुने कार्कीको अनुभव छ । खाँडीका देशका कानून मिल्दोजुल्दो भए पनि धेरै कुरामा सजगकता अपनाउनुपर्छ कार्कीले भने ।
सन् २००० मा युएई गएका कार्कीले सन् २००९ सम्म युएईको रेम्बो स्टेक हाउसमा क्याटरिंङ्ग सुपरभाईजरको काम पाए । बिहे नगरी बिदेश गएका कार्की सन् २००२ मा छुट्टिमा नेपाल आएर बिहे गरि युएई नै फर्किए । कार्की कम्पनीको सुपरभाइजर भएकाले ६÷६ महिनामा घरबिदामा आउन टिकट पाउँथे । छोरीे जन्मेपछि कार्कीलाई बिदेश नजाउँ कि भन्ने सोच पलायो तर बिहेपछि देखेका सपनाले फेरि बिदेश नै डोहो¥यायो ।
युएईको काम र दाम चित्त बुझ्न छाड्यो । बिचार फेरियो । होटलकै काममा अफगानिस्तान जाने निर्णय लिए उनले । सन् २०१० मा अफगानिस्तान गए । तर पुगेपछि थाहा भयो अफगानिस्तानको रोजगारीमा जीवन नै खुकुरीको धारमाथि भनेभैmं रहेछ । युएई र अफगानिस्तानमा १३ बर्ष काम गरेर फर्कदा ललितपुरको बालकुमारीमा चारआना जग्गा जोडेर ३ तले घर बनाई सकेका थिए ।
घर बनाउँदा ऋण लाग्यो, ऋण तिर्ने बाटो अरु नदेखेपछि फेरि बिदेश जाने निर्णय लिए । तर अफगानिस्तान होईन ओमन । २०१४ मा नेपाल फर्किपछि ओमन पुगे कार्की । ५ बर्षदेखि उनी ओमनको ताउस क्याटरिंङ्ग सर्भिसमा सुपरभाईजरको काम गरिरहेका छन् ।
स्वरोजगारको स्पष्ट योजना नँहुदा बिदेश नै फर्कन्छन् परदेशी
बिदेशमा धेरै समय दुःख गरेर कमाएको पैसा नेपालमा छोटो समय बिताएपछि रित्तिदै जान्छ । स्वदेशमा लगानी गर्न प्रायः सबै परदेशी वातावरणसँग अपरिचित हुन्छन् । लगानी गर्नु पूर्व नै लगानी डुब्ने कुराले पिरोल्छ । व्यवसायको लागि कानुनी प्रकृया पूरा गर्न त्यत्तिकै झन्झटिलो छ । अझ परदेशीसँग नेपालमा फर्किएपछि स्वरोजगार सिर्जना गर्ने स्पष्ट योजना हुदैन । अनि बिदेश नजाने निर्णय लिएर आएका परदेशी फेरि पनि बिदेश नै जान्छन् । मैले पनि धेरै चोटि नजाने निर्णय गरे तर बाध्यताले बिदेश जानुको बिकल्प नै देखिँन कार्कीले सुनाए ।
सामाजिक सेवाले सन्तुष्टि मिल्छ
बिदेशमा कमाएको पैसाले परिवारको आवश्यकता त पुरा भएकै छ । तर कार्कीको सामाजिक सेवाको रुची पनि चानचुने छैन । उनले विदेशमा कमाएको केही रकम जिल्लाभित्र र बाहिरका असहाय, अशक्त, साहाराबिहिन र अपांङ्गता भएका ब्यक्तिलाई सहयोग गर्दै आएका छन् ।
एनआरएन ओमनको सदस्य समेत रहेका कार्कीले रामेछाप जिल्लाको हिमगंगामा रहेको रेणुकादेवि मा.विले प्लस टु सञ्चालन गर्दा सात हजार सात सय सतहत्तर रुपैंया सहयोग गरेका थिए । त्यस्तै गत बर्ष छुट्टिमा घर आउँदा रामेछाप नगरपालिका–७ हिलेपानीका हिडडुल गर्न नसक्ने १२ बर्षिया टिका बहादुर खत्रीलाई सत्र हजार सात सय सत्र रुपैयाँ आर्थिक सहयोग गरेका थिए । त्यस्तै दलित समुदायकी मुटुरोगी धनकुटाकी ११ बर्षिया बालिकालाई ओमनमा सहयोग जुटाई ३६ हजार रुपैयाँ जुटाउन कार्कीले अगुवाई गरेका थिए । यो पटक पनि छुट्टिमा नेपाल आएको बेला रामेछाप नगरपालिका–७ सुकाजोरकी ९७ बर्षिया बृद्धा पुन्टिमायालाई नगद पाँच हजार पाँचसय पचपन्न रुपैयाँ र एकसरो लत्ताकपडा सहित सम्मान गरेका छन् ।
सम्मान स्वरुप लत्ताकपडा र नगद पाएकी पुन्टिमायाले यो छोराको मनले चिताएको सबै कुरा पुगोस् भनि आर्शिवाद दिइन । आपूmले कमाएको केहि पैसा समाज सेवामा खर्च गर्न पाउँदा मन शान्त हुने कार्कीले बताए ।
https://youtu.be/bjM4NxR41_4