
रामेछाप- अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मन्थली नगर कमिटीको प्रथम सम्मेलनबाट मञ्जु माझी अध्यक्ष पदमा निर्विरोध निर्वाचित चयन भएकी छन् ।
माझीको नेतृत्वमा गठन कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्ष भगवती चौहान, बिन्दा रम्तेल, कल्पना बिसुन्के, सचिव मञ्जु लुइटेल, सहसचिव सुमित्रा माझी, कोषाध्यक्षमा दुर्गा बाेहरा लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको नवनिर्वाचि अध्यक्ष मन्जु मझीले जानकारी दिइन् ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य गङ्गा बुढाथोकी रहेकी थिइन् भने कार्यक्रमको आतिथिमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) रामेछाप जिल्ला अध्यक्ष गीता बिष्ट लगायत पदाधिकारीहरूको रहेका थिए ।