Logo

खुर्कोट–मन्थली–खिम्ती सडक खण्डमा आवागमन खुला



रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले यही असोज २४ गतेसम्मका लागि साँझा ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा लगाएको रोक खुला गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मङ्गलवार एक सूचना जारी गरी उक्त जानकारी दिएको हो । यही असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले असोज १९ गतेदेखि असोज २४ गतेसम्म रातिको समयमा खुर्कोट–मन्थली खिम्ती–मिल्ती सडक खण्डमा साँझ ५ बेजेदेखि बिहान ५ बजेसम्मको लागि सवारी सञ्चालनमा निषेध गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, रामेछापले मङ्गलवार सूचना जारी गर्दै अब अवस्था सहज बनेको र वर्षा रोकिएसँगै सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन खुला गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले यात्रु र चालकहरूलाई सावधानीपूर्वक यात्रा गर्न र ट्राफीक नियमको पालना गरी यात्रा गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्