Logo

जिल्ला प्रशासन कार्यालय रामेछापमा टोकन प्रणाली सुरु



रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्राहीको सहजताको लागि बिहिवारबाट टोकन प्रणालीको सुरुवात गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाको प्रभावकारी र सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले विद्युतीय टोकन प्रणालीको सुरुवात गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन र सेवाग्राहीको सहजताको लागि विद्युतीय टोकन प्रणालीको सुरुवा गरिएको बताए ।

कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको बेलो पहिला आउने सेवाग्राहीले पहिले सेवा पाउनु र छिटो काम होस् भन्ने सोचका साथ टोकन प्रणाली सुरु गरिएको प्रजिअ थापाको भनाइ छ ।
टोकन प्राणाली लागू भएपछि सेवामा लिन आउने सेवाग्राहीमा सेवा प्रवाहमा भेदभाव भएको महसुस् नहुँने अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापको भनाइ छ ।

सबैभन्दा धेरै चाप हुने नागरिकता तथा प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा यो प्रणाली लागू गरिएको छ । प्रजिअ थापाले रामेछाप नगरपालिकाको सहयोगमा टोकन प्रणाली जडान गरिएको जानकारी दिंदै व्यवस्थित हुन अझै केहीदिन लाग्ने बताए ।

सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र सुशासनमुखी बनाउन टोकन प्रणाली सहयोगी हुने जिल्ला प्रशासन कार्यालयको अपेक्षा छ । रामेछाप नगरपालिका–८ का सेवाग्राही लेखबहादुर विकले टोकन प्रणालीले छिटो आउनेको छिटो काम हुने भएकाले सेवाग्राहीलाई समान व्यवहार मिलेको महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्