Logo

जीर्ण टर्मिनलमा बसेर जहाज उडाउँदै एटिसी



टीकाप्रसाद भट्ट


रामेछाप- रामेछाप विमानस्थलको टर्मिनल भवन जिल्लामा रहेका सरकारी भवनहरु मध्ये सबैभन्दा जीर्ण छ । उक्त भवनको माथिल्लो तलामा बसेर सिजनमा दैनिक सरदर ५० भन्दा बढी उडान र अवतरणको काममा सहजीकरण गर्ने एटिसी लगायतका प्राविधिकहरुलाई कुन दिन टर्मिनल भवन लड्ने हो ? भन्ने पिरलो हुन थालेको केही बर्ष भएको छ ।

तर माथिल्लो निकायमा बसेका अधिकारीहरुले रामेछाप विमानस्थलको टर्मिनल भवन र त्यसमा बसेर काम गर्नेको समस्या देखेका छैनन् । टर्मिनल भवन निर्माण गर्ने कार्यक्रम तथा बजेट बिनियोजन हुँदा समेत शक्तिको बलमा उक्त कार्यक्रम तथा बजेटलाई काटेर अन्यत्र लगानी गरेको हुदाँ रामेछापको समस्या जस्ताको तस्तै छ ।

दुई बर्षअघि रामेछाप विमानस्थल भित्र नयाँ टर्मिनल भवन निर्माण गर्ने बजेट बक्तव्यमा समावेश थियो । सो कार्यको लागि ठेक्का समेत आव्हान गरिसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणले पछि उक्त ठेक्का रद्ध गरी अन्यत्र पैसा हालेको थियो । प्राधिकरणले चासो नदिदा रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको काम अनिश्चित बनेको छ ।

‘हामी ज्यादै पुरानो भवनमा बसेर काम गर्दै आएका छाैँ’ रामेछाप विमानस्थल कार्यालयका प्रमुख हिरन साहले भने – समस्या अहिले हैन, पहिले पनि थियो । मैले र यसभन्दा अघिका कार्यालय प्रमुखले समेत टर्मिनल भवन र अन्य संरचनाको निर्माण तथा मर्मतको बारेमा माथिल्लो निकायमा जानकारी गराएकै हौँ । शाह भन्छन् – केहि सुधारका काम भएका छन् र हुने क्रममा पनि छन् तर टर्मिनल भवनको निर्माण हुने कुराको भने जानकारी छैन ।

शाहकाअनुसार सामान्य मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक बर्ष केही न केही कार्य गरिरहेकै हुन्छ । गत बर्ष विमानस्थल भित्र एकै पटक १ सय २० जना यात्रुहरुलाई बस्न मिल्ने एकतले डिपार्टचर भवनको निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यसअघि उडानका लागि सामान तथा सुरक्षा जाँच सकेका यात्रुहरुले बस्ने स्थान पाउँदैनथे । त्यसैगरी विमानस्थल भित्र हाइपोष्टमा बत्ती जडानको काम गरी सुरक्षा प्रबन्ध गरिएको छ ।

विमानस्थलको जीर्ण बनेको टर्मिनल भवन ४४ बर्षअघि निर्माण भएको हो । तत्कालिन मन्थली गाविसका पूर्व अध्यक्ष नारायण दाश श्रेष्ठकाअनुसार २०३७ सालमा उक्त भवन निर्माण भई सञ्चालनमा आएको हो । २०३५ सालदेखि मन्थली विमानस्थल सञ्चालनमा आएको भए पनि टर्मिनल चाँहि २ बर्ष पछि मात्र निर्माण भएको हो । उक्त टर्मिनल भवन निर्माणको काम संयोगले उनै श्रेष्ठले पाएका थिए ।

२०७२ सालको विनासकारी भूकम्पले टर्मिनल भवनको माथिल्लो तला अर्थात एटिसी कार्यकक्ष क्षतिग्रस्त भएपछि त्यस तलाको मात्र पुननिर्माण गरिएको थियोे । तर भवनको अन्य भागमा पुगेको क्षति भने टालटुल गरी काम चलाइएको छ । भवन चर्किएको र सिमेन्टले ढलानको रड छोडेको थियो । भूकम्प पछि सामान्य टालटुल गरेर रङ्ग पोतेर नयाँ स्वरुपमा देखाइएको हो । त्यसैले सामान्य भूकम्प आउँदा समेत टर्मिनल भवनमा क्षति पुग्ने उच्च जोखिम रहेको स्थानीय सुबास फुयाँलले बताएका छन् ।

मन्थली विमास्थलमा बर्षौअघि लगाइएको तारजालीको घेराबेरा समेत जताततै फाटेको छ । तारबार व्यवस्थित नहुदाँ विमानस्थल भित्र पस्ने स्याल, कुकुर र अन्य जनावरहरु धावन मार्गमा कुद्ने गरेका छन् । उडान र अवतरणको क्रममा स्याल र कुकुर धावन मार्ग र आसपासका क्षेत्रमा कुद्न थालेपछि अवतरण गर्न ठिक्क परेका विमानहरुले मन्थलीको आकाशमा केही फन्को मार्ने गरेको घटना समेत रामेछाप विमानस्थलमा केही पटक घटिसकेका छन् । तारबार समयमानै व्यवस्थित नगर्दा एटिसी र पाइलटहरु जहिल्यै सतर्क हुनु पर्ने अवस्था छ । विमानस्थल कार्यालयले तारबार दह्रो नभएकाले विमानस्थल धावन मार्गमा ठुलो साइरन जडित गाडी गुडाएर जनावारहरु धपाउने गर्दै आएको छ । शाह भन्छन् – गएको सिजनमा मानिसहरु लगाएर पनि नियन्त्रण गर्नुपरेको थियो । त्यसैगरी जताततैबाट घाँस काटनका लागि घाँसीहरु छिर्ने गरेकोले समेत विमानस्थल कर्मचारीहरु हैरान हुँदै आएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यस आर्थिक बर्षमा विमानस्थलको तारबारलाई व्यवस्थित गर्ने कार्य गर्ने भन्ने जानकारी प्राप्त भएको साहले बताए । तर उक्त कार्यका लागि कति बजेट छ र मर्मत कार्य कहिलेदेखि सञ्चालन हुन्छ ? भन्ने कुराको जानकारी भने रामेछाप विमानस्थलमा आइनसकेको उनले बताएका छन् ।

प्राधिकरणले काठमाडौँ विमानस्थलमा आन्तरिक तथा बाह्य उडान अत्याधिक हुने गरेकाले आन्तरिक तर्फका विमानहरुलाई अन्य विमानस्थलमा रात्रि विश्राम गराउनेदेखि लुक्काका लागि सिजनमा हुने उडानलाई रामेछाप विमानस्थलबाट गराउने प्रवन्ध गर्दै आएको छ । केही बर्षदेखि लुक्ला उडान रामेछाप विमानस्थललाई केन्द्र बनाएर हुँदै आएको छ । त्यसैले सिजनमा रामेछाप विमानस्थलमा उडान र अवतरणका लागि अत्यधिक चाप हुने गरेको छ ।

शाहकाअनुसार आउँदो सिजन मार्च र अप्रिल महिना हो । उक्त बेला विमानस्थल फेरि सञ्चालनमा आउने भएकाले त्यस अघिनै मर्मतको कार्य सक्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Ibu Narti Pedagang Bumbu Karangampel Menang Rp155 Juta Di Mahjong Ways 2 Sopir Angkot Asal Sliyeg Pulang Bawa Rp198 Juta Karena Scatter Mahjong Mbak Yuli Karyawan Toko Di Lohbener Dapat Kejutan Multiplier Mahjong Pak Yusuf Desa Bangodua Menang Tengah Malam Main Mahjong Ways 2 Penjual Kue Kering Di Juntinyuat Dapat Rejeki Dinihari Dari Mahjong Ways Ibu Sulastri Jatibarang Menang Rp202 Juta Berkat Simbol Emas Mahjong Ways Anak Kosan Kertasemaya Bisa Lunasi Kuliah Karena Mahjong Ways 2 Pak Hamid Penjaga Kebun Pasekan Senang Bukan Main Menang Mahjong Guru Sd Kroya Dapat Rp165 Juta Main Mahjong Ways 2 Jam Ganjil Ibu Nurhayati Penjual Sayur Gabuswetan Dapat Kejutan Digital Mahjong Kakek 62 Tahun Di Cikedung Mendadak Menang Mahjong Ways 2 Jelang Subuh Ibu Hamil Petani Lohbener Bahagia Main Mahjong Ways 2 Sambil Rebahan Mahasiswa Pas Pagi Dapat Hoki Mahjong Ways 2 Di Warung Kopi Bangodua Pemuda Balongan Bisa Beli Laptop Baru Lewat Mahjong Ways 2 Malam Hari Ibu Endah Sliyeg Dapat Rp149 Juta Berkat Spin Beruntun Mahjong Ways Pak Gito Tukang Las Kroya Bawa Pulang Uang Banyak Dari Mahjong Ways Anak Warnet Karangampel Main Jam Ganjil Dan Menang Di Mahjong Ways 2 Bidan Desa Pasekan Kena Jackpot Multiplier Besar Mahjong Ways 2 Penjaga Warung Di Jatibarang Menang Subuh Subuh Dari Mahjong Ways 2 Ibu Rumah Tangga Tukdana Syok Dapat Saldo Rp122 Juta Dari Mahjong Ways Pemuda Freelance Sukagumiwang Bawa Pulang Hadiah Mahjong Ways 2 Ibu Hj Nurlela Dari Gabuswetan Pulang Umrah Berkat Mahjong Ways 2 Ibu Darti Desa Kertasemaya Berhasil Bangun Rumah Lewat Mahjong Ways Pak Arman Tambal Ban Di Juntinyuat Menang Rp177 Juta Dari Mahjong Ibu Ririn Di Kroya Dapat Keberuntungan Dari Spin Tengah Malam Mahjong Petani Muda Balongan Main Mahjong Ways 2 Saat Hujan Dan Menang Banyak Ibu Jumiatin Pedagang Pasar Karangampel Menang Mahjong Jelang Subuh Pak Naryo Lohbener Sukses Dapat Rp200 Juta Berkat Fitur Mahjong Ways Pengrajin Mebel Kedokanbunder Dapat Berkah Mahjong Ways 2 Jam Aneh Ibu Eli Tukang Jahit Desa Pasekan Tersenyum Lebar Karena Mahjong