Logo

मन्थली बजार र आसपासमा ४३ हजार लिटर डिसइन्फेक्सन स्प्रे छर्किइयो



निरजकुमार श्रेष्ठ


मन्थली नगरपालिकाले मन्थली बजार, मन्थलीको मुख्य तथा सहायक सडकहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिन डिसइन्फेक्सन स्प्रे छर्किएको छ ।
विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिरहेको बेला मन्थली नगरपालिकाले कोरोना संक्रमण हुनबाट जोगाउँने उद्देश्यले मन्थली बजार, मन्थली आसपासका बजार साथै मुख्य तथा सहायक सडकहरुमा डिसइन्फेक्सन स्प्रे छर्किएको हो ।


नगरपालिकाले मन्थली बजार, भैसेश्वर, मच्छेडाँडी, मन्थली क्याम्पस एरिया, बसपार्क, प्रथामिक स्वास्थ्य अस्पताल मन्थली, जिल्ला प्रशासन कार्यालय जाने सडक, देवकोटा चोबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जाने सडक हाटेचौर र गाइखुरा लगायतका स्थानहरुमा डिसइन्फेक्सन स्प्रे छर्किएको हो ।
सडकको दाँयाबायाँ साइट, ब्यक्तिको घर, सार्वजनिक स्थलमा गरि सोमबार ४३ हजार लिटर डिसइन्फेक्सन स्प्रे छरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्