
रामेछाप- विपदमा पर्ने व्यवसायीहरुलाई राहत तथा उद्दारका लागि रामेछाप उद्योग वाणिज्य सङ्घले सहयोग कोषको स्थापना गर्ने भएको छ ।
विपद्मा पर्ने रामेछाप उद्योग वाणिज्य सङ्घका सदस्यहरु र उनीहरुको व्यवसायमा हुने क्षतिलाई थोरै भएपनि राहत पु¥याउन उक्त कोष सञ्चालन गर्न लागिएको हो । कोष सञ्चालनका लागि कार्यविधि बनाउनका लागि रामेछाप उद्योग वाणिज्य सङ्घका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठको संयोजकत्वमा महासचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष झनकबहादुर बुढाथोकी, सदस्य जया सुवेदी र कार्यकारी अधिकृत नवीनकुमार घिमिरे सदस्य रहेको उप समितिको गठन गरिएको छ ।
पछिल्लो समय प्राकृतिक प्रकोप बाढी पहिरो, आगलागि लगायतका पिपद्का घटना बढ््दै गएका र त्यसले उद्योग व्यवसाय क्षेत्रमा रहेका व्यवसायीलाई समेत अछुतो रहन नसकेको परिवेशमा सङ्घले उक्त कोष सञ्चालनको अवधारणा अघि सारेको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले बताए । उनकाअनुसार सङ्घले कोष सञ्चालनका लागि यसअघि सङ्घले स्थापना गरेका केही कोषहरुलाई मर्जर गर्ने र थप सहयोग जुटाउने छ । कोषलाई मजवुद बनाउने र हरेक बर्ष कोष वृद्धिका लागि पहल गर्ने थापामगरले बताए ।
व्यवसाय र व्यवसायीलाई अफ्ठेरो परेको बेलामा यसअघि पनि राहत तथा उद्दारमा सक्रिय रहँदै आएको सङ्घले अब कार्यविधिनै बनाएर कोष सञ्चालन गर्न लागेको खवरलाई उद्योगी व्यवसायीहरुले सकरात्मक रुपमा लिएका छन् । रामेछाप उद्योग वाणिज्य सङ्घमा हाल १ हजार ७ सय ५० जना सदस्य आवद्ध रहेका छन् ।