
सन्तोष ढुङ्गेल
रामेछाप– नेपाली काङ्ग्रेस रामेछापको पार्टी भित्राको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले एकलौटी र मनोमानी ढङ्गले पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै इतरपक्षले विरोध गरेका छन् । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छरामले कार्यवाहक सभापति दिएका उपसभापति लेखबहादुर कार्कीले आफ्नो आधिकार क्षेत्र मिचेर कार्यसम्पादनको बैठक बोलाएपछि विवाद सतहमा देखिएको हो ।
उपसभापति कार्कीले नियम बिपरित बैठक बोलाएपछि सचीवद्वय बिनोद कार्की र दीपक खड्काले जिल्ला कार्यसमितिको विस्तारित बैठक सोही समयमा आह्वान गरेपछि उपसभापति कार्कीले बैठक स्थगित गरेका थिए ।
सचीवद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ उप–सभापति लेखबहादुर कार्कीले कार्यबाहक सभापतिले कार्य सम्पादन समितिको बैठक बोलाएको र आफूहरूलाई सामाजिक सञ्जाल मार्फत मात्र जानकारी भएको उल्लेख छ । यसले सचिवहरूको विधान प्रदत्त अधिकारसमेत कुण्ठित गरेको र एकपछि अर्को निर्णय गर्दै पार्टी सङ्गठनलाई अस्तब्यस्त पर्दै ध्वस्त बनाउन लागेको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।
उपसभापतिले पदाधिकारी बैठक नबसी आपसी छलफल नगरी तथाकथित कार्यसम्पादन समितिको बैठक बोलाई मनोमानी र एकपक्षीय निर्णय गर्दै आउनुभएकोले अब उप्रान्त पदाधिकारी बैठकबाट ऐजेण्डा तयार गरी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठक बस्ने वातावरण निर्माण गर्न नेतृत्वको ध्यानाकर्षण गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।
पार्टीलाई एकढिक्का बनाएर लैजानुको सट्टा कार्यसम्पादन समितिका १३ जना सदस्य हटाएर तानाशाही प्रवृत्ति लागू गर्न खोजेको पूर्वसभापति रामचन्द्र खड्काले बताए दिए । नेपाली काङ्ग्रेस रामेछापमा पछिल्लो समय गुटगत विवाद सतहमै देखिन थालेको छ