Logo

नेवाः देय् दवु बागमती प्रदेशको अध्यक्षमा मानन्धर



सन्तोष ढुङ्गेल


रामेछाप– नेवाः देय् दवु बागमती प्रदेशको दास्रो अधिवेशनबाट चन्द्र मानन्धर निर्विरोध अध्यक्षमा चयन भएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको बागमती प्रदेशको दोस्रो अधिवेशनले मानन्धरको नेतृत्वमा पदाधिकारी सहित ३३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा निरन्जन हाडा चितावन, उपाध्यक्ष शिबनारायण घुल्लु काभ्रे, महिला उपाध्यक्ष पार्वती श्रेष्ठ सिन्धुपाल्चोक, मुख्यसचिव गणेशकुमार श्रेष्ठ हेटौँडा, सचिव किरण श्रेष्ठ दोलखा र कोषाध्यक्षमा दलबहादुर श्रेष्ठ रामेछाप निर्वाचित भएका छन् । यसैगरी विभिन्न जिल्लालाई समेटर २७ सदस्यीय कार्य समिति गठन गरिएको नेवाः देय् दवुले जनाएको छ ।
अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १० जिल्लाका २ सयभन्दा धेरै प्रतिनिधि सहभागी भएका थिए ।

दवुले उद्घाटन सत्रको पूर्वसन्ध्यामा सदरमुकाम मन्थलीमा बाजागाजा र झाँकी सहितको र्याली निकालेको थियो । दोस्रो अधिवेशनले सनिवार नयाँ नेतृत्व चयन गरेको हो । नेवारी समुदायको धर्म, संस्कृत र पहिचानलाई अझ सशक्त बनाउने नवनिर्वाचित अध्यक्ष चन्द्र मानन्धरले बताए । नेवा देय् दबुलाई बागमती प्रदेशको नमूना संस्थाको रुपमा विकास गर्दै नेवार लगायत अन्य जातिको पहिचानलाई समेत प्रोत्साहन गर्दै अगाडि बढ्ने समेत मानन्धरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्