
रामेछाप- पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पिएनपी अटो मोवाइल्स र यामाहा कम्पनीले रामेछापको मन्थलीदेखि दोलखाको जिरीसम्म यामाहा मोटरसाइकल र्याली गरेको छ ।
शनिबार बिहान ७ बजेट मन्थलीबाट सुरु भएको उक्त ¥यालीमा यामाहा कम्पनीका २० भन्दा बढी मोटरसाइक सहभागि गराइरहेको थियो । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त मोटरसाइकल र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
मोटरसाइकल ¥यालीमा सहभागि चालकहरुले यात्रा सुरक्षित र रोमाञ्चक भएको बताएका छन् । सहभागीहरूकाअनुसार मन्थलीदेखि जिरीसम्मको यात्रा सहज साथै रमाइलो पनि भएको बताए । यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने र्यालीमा सभाागिहरुको भनाइ छ ।
पिएनपी अटो मोबाइल्सका प्रोपाइटर नारायणकुमार प्रधानकाअनुसार र्यालीमा सहभागी भएका सेवाग्राहीहरूलाई विशेष अफर स्वरूप ३ पटकसम्म बाइक सर्भिस गर्दा १५ प्रतिशत छुट प्रदान गरिने छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यामाहा बाइकको गुणस्तर, सर्भिस र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
यामाहा कम्पनी र पिएनपी अटो मोबाइल्सले भविष्यमा पनि यस्तै रोमाञ्चक बाइक राइड कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको पनि उनले बताए । आयोजककाअनुसार यामाहा बाइकप्रेमीहरूलाई नयाँ गन्तव्यमा लैजाने, यात्राको अनुभव बाँड्ने र सुरक्षाका उपायहरूबारे सचेतना फैलाउनु बाइटर राइड यात्रको अर्को उद्देश्य रहेको उनको भनाइ छ ।
यो कार्यक्रम स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुर्याउने मात्र नभई बाइक राइडरहरूका लागि सुरक्षित यात्रा प्रोत्साहन गर्ने एक राम्रो पहल भएको सहभागीहरूको भनाइ छ ।