रामेछाप- नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अन्तरिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । निर्वाचन अन्तिम परिणामअनुसार खुला, महिला, आदिवासी जनजाति, खस आर्य, दलित, अल्पसंख्यक, अपाङ्गता, श्रमिक, पेशागत विज्ञ तथा युवा समूहबाट प्रतिनिधिहरू निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार खुला महिलातर्फ उमिला (कार्की) बस्नेत ६१६, एन्जिला न्यौपाने ५८१, चिना खड्का कार्की ७५९ र बिनिता खड्का ८११ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यसैगरी खुला पुरुषतर्फ अर्जुन कुमार केसी ५२१, केशव महत ५२७, दीपक खड्का ७४१, निरोज खड्का ६३२, प्रकाश कटुवाल ४८०, विनोद कार्की ५३९, रामचन्द्र खड्का ५२८, लक्ष्मी न्यौपाने ५३३, लेखबहादुर कार्की ६८४ र सुन्दर चालिसे ५०९ मतसहित निर्वाचित भएका छन् ।
आदिवासी जनजाति खुलातर्फ गोल्जे लामा (शेर्पा) ४९९, नवराज घोकर ५९४ र राजेश कुमार श्रेष्ठ ३७७ मतसहित निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति महिलातर्फ कुमारी हायु ७२५, ज्योति सुनुवार ७८८ र राम कुमारी डाँगी श्रेष्ठ ६४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
खस आर्य खुलातर्फ काजीबहादुर खड्का (दिनेश) ५९९, कमान खड्का (दिपेन्द्र) ५०३ र सुरेश सुवेदी ४९० मतसहित निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ सृजना खड्का ८७८ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
त्यस्तै अपाङ्गतातर्फ गुणराज भट्टराई (आकाश) ६७६, अल्पसङ्ख्यकतर्फ तोरणबहादुर सुनुवार ५०१, दलिततर्फ सन्ध्या खतानी ७३४ र प्रजातान्त्रिक सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फ आँधी लामा (सनक) ३९६ मतसहित निर्वाचित भएका छन् ।
श्रमिकतर्फ विष्णु कुमार घिसिङ् ४४२, पेशागत विज्ञतर्फ डा. नारायण कुमार घिमिरे ५५२, ३५ वर्षमुनिका महिलातर्फ बानु श्रेष्ठ ५८९ तथा ३५ वर्षमुनिका युवा खुलातर्फ उत्तम कुमार कार्की ७०० र विनोद बुढाथोकी ५७९ मतसहित निर्वाचित भएका छन् । यससँगै रामेछाप काङ्ग्रेसबाट १५औँ महाधिवेशनका लागि प्रतिनिधित्व गर्ने ३३ जना प्रतिनिधिको टुङ्गो लागेको छ ।
