Logo

परीक्षामा पास गराइदिने भन्दै नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



रामेछाप- परीक्षामा पास गराइदिने भन्दै १३ वर्षीया नाबालिकालाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्ने ४८ वर्षीय नवराज भण्डारी रहेका छन् । प्रहरीले उनलाई आफूले अध्यापन गराउँदै आएको १३ वर्षीया नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार भण्डारीले परीक्षामा पास गराइदिने भन्दै नाबालिकालाई ललाईफकाई यौन दुर्व्यवहार गरेको अनुसन्धानबाट खुलेको छ । उनले नाबालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील फोटो, भिडियो तथा म्यासेजसमेत पठाउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले शिक्षक भण्डारीलाई बुधवार पक्राउ गरेको हो । उनलाई रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्