रामेछाप तिल्पुङ्गका खड्का उपचार खर्च नहुँदा अस्पतालमा छटपटिदै..

 आइतवार, साउन १०, २०७८ | onlinenews
Share this

रामेछाप– लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग कटहरेका मिर्गौला पीडित नबराज खड्का उपचार गर्ने खर्च नभएर अस्पतालमा छटपटाई रहेका छन् । २०७० सालदेखि मिर्गौलाको उपचार गराउँदै आएका १७ वर्षिय खड्का हाल काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचार गराइरहेका छन् ।
८ वर्षदेखि मिर्गौलाको उपचार गराउँदै आएका खड्काको हाल दुईवटै मिर्गौलाले काम गर्न छोडेपछि मिर्गौला प्रत्यारोपन गर्नुपर्ने डाक्टरले सुुझाव दिएको छ । तर, मिर्गौला पीडित खड्काको घरको आर्थिक अवस्था अतिकम्जोर भएको कारण मिर्गौला प्रत्यारोप गर्न सक्ने अवस्था छैन ।
छोराको मिगौला प्रत्यारोपण गर्ने खर्च आपूmसँग नभएको र जुटाउन पनि सक्ने अवस्था नभएको भन्दै नवराजका बुबा शम्भु खड्काले आर्थिक सहयोगको लागि सबैमा अपिल गरेका छन् । आपूmले सकेको सहयोग गरेर आफ्नो १७ वर्षिय छोराको जीवन रक्षा गरिदिन खड्काले सबैमा अनुरोध गरेका हुन् ।
डाक्टरका अनुसार अब नबराजको छिट्टैनै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । खड््का हाल डायलाइसिस गराउँदै आएका छन् । डाक्टरले छिट्टैनै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भन्नु भएको छ, तर छोराको मिर्गौला प्रत्यारोपण गर्न हामीसँग पैसा छैन, हजुरहरुको सानो सहयोगले मेरो छोराका जीवन रक्षा हुनसक्छ, हजुरहरुको सानो भन्दासनो सहयोगले पनि मेरो छोराको जीवन बचाउन ठूलो मद्दत पुग्नेछ, शम्भु खड्काको विलौना छ ।
सहयोग गर्न चाहनु हुन्छ भने
मोबाईल नम्बर ९८४३३८८३५९

Account number – 1940183811300014(prabhu bank)

Account  holder -Rita Khadka (mother)

Account  number – 1940183823000018(prabhu bank)

Account  holder -Nabraj Khadka

Share this

प्रतिकृया

Add