नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका इञ्चार्ज युवराज चौलागाईले राष्ट्रपतिलाई औँलाको इशारामा नचाउने एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको निष्पक्षतामाथि प्रश्न उठाएको कत्ति पनि नसुहाएको बताए ।
सरकार र राष्ट्रपतिबाट जारी भएको अध्यादेशबाट बनेको कानून अनुसार एमाले फुटेको उनले बताए । नेता चौलागाई भने–दल विभाजन राजनीतिक कुरा हो, जसका कानून र आधारहरु थिए र छन्, त्यो कानून निर्माणमा संसद र सभामुखको हात थिएन ।
एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता (सांसद)हरु संसदमा गइरहेको भन्दै सरकारबाट गलहत्तीमा परेको एमालेले हिजोका दिन सम्झेर संसद बिरुद्ध सिंगौरी खेल्दैमा केही पनि नहुने चौलागाईले बताए ।
एमालेले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल लगायतका सांसदहरुलाई सभामुखले कारबाही गर्नै पर्छ भनेर अड्बाङ्गो तर्क गरिहेको भन्दै ओलीको आदेश क्षणभरमा तामेल गर्न सभामुख बिद्यादेवि भण्डारी नभएको नेता चौलागाईले टिप्पणी गरे ।
एमालेको अगाडि चुपलागेर संसदीय प्रक्रियामा सहभागि हुने वा आपैmले दुई पटक हत्या गरेको संसदबाट राजीनामा दिएर सडकमा आउने दुई विकल्प रहेको नेता चौलागाईको भनाई छ ।