मनपाको जनप्रतिनिधिका सुविधा खर्च वार्षिक १ करोड २९ लाख बढी

 शुक्रबार, अशोज १, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रमेछाप । मन्थली नगरपालिकाको जनप्रनिधिहरुको वार्षिक सेवा सुविधा खर्च १ करोड २९ लाख रुपैयाँ भन्दा बढी हुन्छ । आर्थिक वर्ष २०७७÷०७८ मा मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुको सेवा सुविधामा एक करोड २९ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्म मन्थली नगरपालिकाले जनप्रतिनिधिहरुको सेवा सुविधामा मात्र एक करोड २९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको हो । प्रदेश कानूनले तोकेका आठ वटा शीर्षक अन्तर्गत रहेर मन्थली नगरपालिकाले जनप्रतिनिधिहरुको सेवा सुविधिमा खर्च गरेको हो ।
१४ वडा रहेको मन्थली नगरपालिकामा प्रमुख र उप–प्रमुखसहित ७५ जना जनप्रतिनिधिहरु मध्य एक जनाको मृत्यु भएको छ । विभिन्न कोटामा मनोनित २४ जना जनप्रतिनिधिहरु कार्यपालिकाको सदस्यमा रहेका छन् । प्रदेश कानूननले टेलिफोन तथा मोबाइल, खाजा, पुस्तक, पत्रपत्रिका, इन्टरनेट, समन्वय भत्ता, खानेपानी तथा विजुली, मर्मत तथा सरसफाई, अतिथि सत्कार र यातायात लगायतका आठ वटा शीर्षकमा रहेर जनप्रतिनिधिको सेवासुविधामा खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार नगरप्रमुखले प्रतिमहिना ३९ हजारका दरले ४ लाख ६८ हजार उप्रमुखले मासिक ३४ हजारका दरले चार लाख आठ हजार रपैयाँ तथा वडा अध्यक्षहरुले मासिक २२ हजार ५ सय दरले १४ वडाका अध्यक्षहरुले ३७ लाख ८० हजार रुपैयाँ र कार्यपालिकाका सदस्य दश जनाले मासिक १३ हजारका दरले १५ लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको मन्थली नगरपालिकाका सूचना अधिकारी उप–सचिव हेमन्त बुढाथोकीले जानकारी दिए । उनका अनुसार मासिक दश हजारका दरले ५६ जना वडा सदस्यले सेवासुविधा वापत ६७ लाख २० हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

 

Share this

प्रतिकृया

Add