‘तपाईको मास्क खोइ?’ कार्यक्रम अन्तर्गत प्रहरीले ६ हजार मास्क बाँडे

 शनिबार, अशोज ९, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले तपाईको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत गएको वैशाखदेखि हालसम्म ६ हजार ३ सय १० थान मास्क सर्वसाधारणलाई निःशुल्क वितरण गरेको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि संक्रमण रोकथमा तथा नियन्त्रणको लागि प्रहरीले तपाईको मास्क खोई अभियान सञ्चालन गरेको थियो ।
अभियान अन्तर्गत चेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो । सो अवधिमा १ सय २२ पटक माइकिङ मार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधिमा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ सय ९३ जनालाई कारबाही गरिएको पनि सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेहरुलाई गरिएको जरिवानाबाट २९ हजार रुपैयाँ राजश्व संकलन भएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add