चाडपर्वको मौकाछोपी अखाद्य तथा गुणस्तरहीन बस्तु बिक्री गरे कारबाहीः मनपा

 शनिबार, अशोज ९, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिकाले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठजस्ता पर्वलाई लक्षित गरी अस्वभावित मूल्य वृद्धि तथा कृत्रिम अभाव सिर्जजना गरी अखाद्य र गुणस्तरहीन बस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले एक सूचना जारी गरी यस्तो आग्रह गरेका हुन् । चाडपर्व नजिकिएसँगै नगरभित्रका बजारमा अस्वभाविक मूल्य वृद्धि, कृत्रिम अभाव, कालो बजारी, अखाद्य वस्तु र गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको बारेमा विभिन्न वडाबाट मौखिक जानकारी आएको उल्लेख गर्दै मन्थली नगरपालिकाले व्यापारी तथा व्यवसायीहरुलाई त्यस्ता गैरकानूनी कार्य नगर्न नगराउन आग्रह गरेको छ ।
यस कार्यालयले आकस्मिक रुपमा अनुगमन गर्दा सूचनाको अवज्ञा गरी उल्लेखित गैरकानूनी कार्य भएको पाइएमा उपभोक्ता संरक्ष ऐन, २०७५ र नगरपालिकाद्वारा जारी बजार अनुगमन निर्देशिका २०७५ (पहिलो संशोधन,२०७७) बमोजिम कारबाही गरिनेछ, सूचनामा भनिएको छ ।, नगरपालिकाले बोधार्थसहित जिल्ला प्रशासन कार्यालय रामेछापलाई जानकारी गराउँदै रामेछाप उद्योग वाणिज्य संघलाई आवश्यक कार्यान्वयन गरिदिन समेत अनुरोध गरेको छ ।

Share this

प्रतिकृया

Add