मृतकका परिवारलाई घरमै पुगेर राहत

 शनिबार, अशोज ९, २०७८ | onlinenews
Share this

रामेछाप । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मृतकका परिवारलाई घरमै पुगेर राहत प्रदान गरेका छन् । जिल्ल बिपत ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पहाडीले गत भदौ १६ गते भटौली खोलामा आएको बाढीले बगाएर मृत्यु भएका दुई बालिकाको परिवारलाई घरमै पुगर राहत दिएका हुन् ।
मृतकका प्रतिपरिवार संघीय सरकारबाट प्राप्त २ लाख र प्रदेश सरकारबाट प्राप्त ५० हजार रुपैयाँ गरि २ लाख ५० हाजर रुपैयाँ नगद राहत स्वरुप पीडित परिवारलाई प्रदान गरिएको हो ।


खाँडादेवी गाउँपालिका–५ आधाबाटेका गोपाल सार्कीकी ९ बर्षिया छोरी मनिता रोका र सोही वडाका सानु तामाङकी छोरी अनिषा तामाङलाई भदौ १६ गते भटौली खोलाले बगाएर मृत्यु भएको थियो । खोलामा खेल्न गएको बेला भटौली खोलामा आएको बाढिले बगाएको मृतक मनिता रोकाका बुबा गोपाल सार्कीले बताए ।
पीडितलाई सदरमुकाम आउँदा जाँदा झन्झट हुने र विभिन्न सामस्या झेल्नु पर्ने भएकाले घरमै पुगेर सान्त्वना दिने र पीडितलाई झन्झट नहोस भन्ने उद्देश्यले पीडितको घरमै गएर राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।

Share this

प्रतिकृया

Add