नक्कली लाइसेन्स बोकेका अटो चालक पक्राउ

 शुक्रबार, अशोज १५, २०७८ | onlinenews
Share this

रामेछाप । नक्कली लाइसेन्स बोकेर अटो चलाउने एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ भलुवाजोरका २६ वर्षीय बिर्खबहादुर माझी रहेका छन् । मन्थलीस्थित आकाशेबाट मन्थली बजारतर्फ आउँदै गरेको ज १ ह ५०५१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा चालक माझीको लाइसेन्स (सवारी चालक अनमति पत्र) चेकजाँच गर्ने क्रममा नक्कली भएको पाइएकोले पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक विकल्व भट्टराईले जानकारी दिए ।
‘बी’ र ‘सी’ ग्रेडको लाइसेन्स बोकेका माझीको लाइसेन्स नक्कली हुनसक्ने आशङ्कामा नियन्त्रणमा लिई यातायात व्यवस्था विभागको कार्यालयमा बुझ्दा निजले बोकेको लाइसेन्स विभागमा अर्कैको नाममा दर्ता भएको पाइएपछि पक्राउ गरिएको प्रमुख भट्टराईले बताए । ‘बी’ ग्रेडको लाइसेन्स प्राप्त चालकले कार, जिप, डेलिभरी भ्यान चलाउन पाउँछ भने ‘सी’ ग्रेडको लाइसेन्स प्राप्त चालकले अटो र ट्याम्पु चलाउन पाउँदछन् । पक्राउ परेका माझीलाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी हिरासत राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add