घाइते बालकलाई प्रहरी जवानले पुर्याए आफन्तकोमा

 मङ्लबार, अशोज १९, २०७८ | onlinenews
Share this

रामेछाप । गएको साताको दुर्घटना हो । काठमाडौँबाट ओखलढुङ्गा हिडेको स्कार्पियो रामेछापको भलुवाजोरस्थित बोक्सेको भीरमा दुर्घटना भयो । रामेछापको सेलेघाट, मन्थली हुँदै ओखलढुंगा हिँडको स्कार्पियो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । एक बालक घाइते भए ।
प्रदेश ३ ०१–०२३ च ३५१३ नम्बरको डबल क्याप स्कार्पियो भलुवाजोरको बोक्सेभीरमा दुर्घटना हुँदा ओखलढुंगाको खिजिदेम्बा गाउँपलिका वडा नं ६ खिजीफलाँटेका लाक्पा शेर्पा, उनकी श्रीमती फुर्बा शेपा र चालक वान्छे शेर्पाको मृत्यु भयो । मृतक फुर्बा र लाक्पाका छोरा ७ बर्षीय पेम्बा शेर्पा घाइते भए ।
बुबा आमाको दुर्घटनामा मृत्यु भएपछि ७ वर्षिय बालक टुहुरो बने । हालैै पोर्चुगलबाट नेपाल आएका लाक्पा, श्रीमती र छोरासहित काठमाडौंबाट खिजीफलाँटेमा रहेका मातापितालाई भेट्न आफैंले गाडी चलाएर आउने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बुबा आमा गुमाएर टुहुरो बनेका ७ वर्षिय बालक पेम्बा शेर्पा घाइते अवस्था छटपटाई रहेका थिए तर यहाँ उनको आफन्त र चिनेजानेका मानिस कोही पनि थिएनन । आमा बुबा गुमाएर, टुहुरो भएका बालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान भिबहादुर विश्वकर्माले एम्बुलेन्स मार्फत काठमाडौं लगेर आफन्तलाई जिम्मा लगाइदिए ।
यहाँ बालकको आफन्त, र चिनेजानेको मानिस कोहीपनि नभएकाले उनको आफन्तको खोजी गरि एम्बुलेन्स मार्फत काठमाडौं पु¥याएर आफन्तलाई जिम्मा लगाइएको प्रहरी जवान भिमबहादुर विश्वकर्माले जानकारी दिए ।

Share this

प्रतिकृया

Add