स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चाडपर्व मनाउन प्रशासनको आग्रह

 शुक्रबार, अशोज २२, २०७८ | onlinenews
Share this

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाबहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले सूचना जारी गर्दै जिल्लाबासीलाई चाडपर्व मनाउँदा सुरक्षा मापदण्ड पालना गर्नु अपिल गरेका हुन् ।
नेपालीहरुको महान चाड बडा दशैँ, दीपावली र छठ पर्वहरु निकट रहेको हुँदा चाडपर्व मनाउने क्रममा मठ, मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक तथा तिर्थस्थलहरुमा भेला हुँदा वा पूजा पाठ एवं दर्शन गर्दा सकेसम्म भिडभाड नहुने गरी कोभिड–१९ सम्बन्धी सुरक्षात्मक उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालन गरी मनाउनु हुन अनुरोध छ, सूचनामा भनिएको छ ।

Share this

प्रतिकृया

Add